सभाखोलाको पानी चार ठाउँमा लिफ्ट गरेर केराबारी डाँडामा ल्याइने

सङ्खुवासभा : चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्रणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ ।

उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले नेपाल सरकार र चैनपुर नगरपालिकाको साझेदारीमा रु १० करोडको लागतमा एक हजार मिटरको उचाइमा चार लिफ्टमार्फत पानी तान्न लागिएको जानकारी दिनुभयो ।

नगरका ३५० बढी घरपरिवारलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको उक्त आयोजना तीन वर्षभित्र पूरा गरिने निर्माण समितिका अध्यक्ष उद्धव त्रितालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार