काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि उच्च स्तरीय सञ्चालक समिति गठन गरी सञ्चालन गर्न माग गरेको छ ।
मेलम्ची लगायत उपत्यकाको समग्र खानेपानी तथा सरसफाइ व्यवस्थापनको लागि स्रोत साधन र अधिकार सम्पन्न एकल ऐन र एकल संरचना निर्माण गरी संघीय सरकार मातहत उच्च स्तरीय सञ्चालक समिति गठन गरी सञ्चालन गर्नुपर्ने संगठनका अध्यक्ष नवल सिंह साउदले बताउनुभयो ।
साथैे संगठनल काठमाडौ उपत्यका खानेपानी लिमिटेड सञ्चालक समितिको बैठक तत्काल बस्न समेत माग गरेको छ । सञ्चालक समितिको बैठक नबस्दा आर्थिक बर्ष ०७६/०७७ को बार्षिक बजेट स्वीकृत नभएको र आर्थिक बर्ष ०७४/०७५ देखि कर्मचारीहरुको वृत्ति विकास प्रक्रिया अबरुद्ध भएको जनाएको छ ।
संगठनले सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीको पटक पटक ध्यानाकर्षण गर्दा समेत कुनै चासो नदिएको अध्यक्ष साउदले बताउनुभयो ।


915 पटक हेरिएको 

