सहुलियतमा बायोस्याण्ड फिल्टर बितरण

भिष्म लोध 

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.–५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको छ । गेरुवा ग्रामीण जागरण संघ र टिडिएच (Tdh) फाउण्डेसन स्वीजरल्याण्डसंगको साझेदारीमा सञ्चालित सफा पानी परियोजना अन्तर्गत बारबर्दियामा ५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको हो ।

बितरण कार्यक्रममा बोल्दै ५ नं. वडाका अध्यक्ष एव कार्यक्रमका सभापति मनिराम थारुले संघसंस्थाले यहाँका जनता निरोगी रहुन् भन्नका लागि सहयोग गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै गेरुवाका उपाध्यक्ष साबित्रा गौतमले स्वास्थ्य नै धन भएकाले ब्यक्ति स्वस्थ रहे मात्र दैनिक जीवनका हरेक क्रियाकलाप गर्न सक्ने बताउनुभयो ।

 

स्वस्थ ब्यक्ति नै आफनो आयआर्जन सुधार गर्न सक्ने उहाँले बताउनुभयो । पानीजन्य रोगहरुवाट सुरक्षित रहनका लागि वायोस्याण्ड फिल्टर नै सधै र सुरक्षित तरिकाले प्रयोग गर्ने र सुरक्षित पानी पिउन सवैलाई सुझाव दिनुभयो ।

बारबर्दिया नगरपालिका ५ धोयिबा भएको कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर सचिव सुदिन चौधरी, कार्यपालिका रिता थारु, स्वास्थ्य स्वयम् सेविका कल्पना चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत छनौट गरिएका ३० जना आमाहरुलाई फिल्टर वितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक बिद्यायक केसीले जानकारी दिनुभयो ।

सफा पानी परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिका बाहेक ७ वटा स्थानीय तहका ३० वटा स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाइ, महिनावारी व्यवस्थापन सहितको शौचालय निर्माण र त्यस वरपरको समूदायमा पानी शुद्धिकरण तथा साबुन पानीले हात धुनैपर्ने जोखिमपूर्ण अबस्था बारे जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार