कपिलवस्तुलाई भदौ ३१ मा ओडिएफ गर्न तयारी दल

कपिलवस्तु : कपिलवस्तु जिल्लालाई आगामी भदौ ३१ गते खुला दिसामुक्त घोषणा गर्न ८ सदस्यीय तयारी दल गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको संयोजकत्वमा जिल्लालाई खुला दिसामुक्त घोषणाको लागि आवश्यक तयारी गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मूल आयोजक समिति रहने गरी जिल्ला घोषणा तयारी दल गठन गरिएको हो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले तयारी दललाई खुला दिसामुक्त घोषणा गर्ने प्रक्रिया, विधि, स्रोतको लेखाजोखा लगायत तयारी सहित आवश्यक पर्ने उप समितिहरुको खाका अब बस्ने डिवाससीसीको बैठकमा निर्णयार्थ पेश गर्ने जिम्मेवारी दिइएको छ ।

कपिलवस्तु जिल्लालाई यथासिघ्र खुला दिसामुक्त घोषणा गर्नका लागि आयोजना गरिएको विशेष बैठकले जिल्ला भित्रका पालिकाहरुले तय गरेको घोषणा मितिलाई आधार बनाई कपिलवस्तु जिल्ला खुला दिसामुक्त घोषणा गर्नका लागि प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई अनुगमन गर्न पत्राचार गर्ने समेत निर्णय गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिका सदस्य सचिव देवेन्द्र झाले जानकारी दिनुभयो ।

को – को छन् तयारी दलमा ?

१. संयोजक – जगन्नाथ लामिछाने जिल्ला समन्वय अधिकारी

२. सदस्य – तिलक न्यौपाने इन्जिनियर, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

३. सदस्य – निरन्जन पौडेल, शाखा अधिकृत, महाराजगञ्ज नगरपालिका

४. सदस्य – राजेश कुमार गुप्ता, इन्जिनियर जिल्ला समन्वय समिति

५. सदस्य – डिलाराम भुसाल, अध्यक्ष नेपाल पत्रकार महासंघ

६. सदस्य – प्रवीण श्रीवास्तब, अध्यक्ष गैरसरकारी संस्था महासंघ

७. सदस्य – कमला सापकोटा वास अधिकृत, सुआहरा

८. सदस्य – एक जना अधिकृत, जिल्ला प्रशासन कार्यालय

 

भदौ २० भित्र बाँकी स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिसक्ने

भदौ ३१ गते कपिलवस्तु जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न त्यसअघि भदौ २० गतेभित्र बाँकी स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।

कुन कहिले खुला दिसामुक्त हुने ?

महाराजगञ्ज नगरपालिका २०७६ भदौ १ गते

शुद्धोधन गाउँपालिका २०७६ भदौ २ गते

कृष्णनगर नगरपालिका २०७६ भदौ २० गते

कपिलवस्तु नगरपालिका २०७६ भदौ २५ गते

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार