दुर्घटना बीमामा इन्जिनियरहरुको उत्साहजनक सहभागिता

 

काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसनले ईञ्जिनियरहरुका लागि गरेको दुर्घटना बीमा प्रति ईञ्जिनियरहरुको उत्साहजनक सहभागिता बढेको छ । हालसम्म करिब १२ हजार ईन्जिनियरहरुले दुर्घटना बीमा गरेका छन् । ईन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको हो ।

नवीकृत र आजीवन इन्जिनियरहरुका लागि नेपाल ईन्जिनियर्स एशोसिएसनले १० लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बन्जाडेले जानकारी दिनुभयो ।

‘ईन्जिनियरहरुको पेशागत सुरक्षा र दुर्घटना बीमा’ सम्बन्धी हालै राजधानीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा इन्जिनियर्स एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले ईन्जिनियरहरुले जोखिमपूर्ण क्षेत्रमा काम गर्नुपर्ने भएकाले इन्जिनियरिंग बीमा अत्यन्तै आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बज्राचार्यले बीमा कार्यक्रम महत्वपूर्ण भएता पनि इन्जिनियर्स एशोसिएसनले आफ्ना इन्जिनियरहरु सकेसम्म दुर्घटनामा नपर्न र सो बीमा दाबी गर्न नपरोस भन्ने चाहेको बताउनुभयो ।

 

स्थानीय तहमा ईन्जिनियरहरुको समस्यालाई इन्जिनियरिंग ऐन अन्तर्गत राख्दै इन्जिनियरहरुको मनोबल उच्च राख्न एशोसिएसनले बिशेष भूमिका खेल्ने बताउनुभयो ।

यस्तै नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बन्जाडेले बीमा कार्यक्रमलाइ स्थायित्व दिन थप कदम चाल्ने बताउनुभयो । उहाँले ३ न. प्रदेश कार्यकारिणी समितिले १० ओटा बिजनेश कमिटी गठन गर्ने तयारी समेत भईरहेको जानकारी गराउनुभयो ।

 

३ नं. प्रदेश कार्यकारिणी समितिले मेलम्ची खानेपानी आयोजना सम्बन्धी छलफल कार्यक्रम, इन्जिनियरिंग ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी पनि अन्तरक्रिया कार्यक्रम गर्ने तयारी रहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार