थाहा पाईराखौं, कुन जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो ?

 

काठमाडौ : आजको १३ दिनपछि देश नै खुला दिसामुक्त घोषणा हुने चरणमा छ । २०६८ सालमा कास्कीलाई खुला दिसामुक्त घोषणा गरेपछि सुरु भएको दिसामुक्त घोषणा अभियानले ८ बर्ष पछि देश नै खुला दिसामुक्त घोषणा गर्ने तहमा आईपुगेको हो । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि नेपालमा सरसफाइ अभियान सुरु भएको थियो ।

खुला दिसामुक्त : कुन जिल्ला कति औं स्थानमा ?

पहिलो जिल्ला कास्की २०६८ साल असार १० गते घोषणा

दोस्रो जिल्ला चितवन २०६८ असोज ६ गते घोषणा

तेस्रो जिल्ला तनहुँ २०६९ साउन ३ गते घोषणा

चौथो जिल्ला म्याग्दी २०६९ असोज २३ गते घोषणा

पाँचौ जिल्ला प्युठान २०६९ चैत्र १६ गते घोषणा

छैंटौं जिल्ला पर्वत २०६९ चैत्र ३१ गते घोषणा

सातौं जिल्ला अछाम २०७० वैशाख १२ गते घोषणा

आठौं जिल्ला कालिकोट २०७० जेठ २६ गते घोषणा

नवौं जिल्ला मकवानपुर २०७० साउन ४ गते घोषणा

दशौं जिल्ला भक्तपुर २०७० कार्तिक १८ गते घोषणा

एघारौं जिल्ला मुस्ताङ २०७० मंसिर १४ गते घोषणा

बाह्रौं जिल्ला पाँचथर २०७० माघ १२ गते घोषणा

तेह्रौं जिल्ला बाग्लुङ २०७० माघ १६ गते घोषणा

चौधौं जिल्ला दाङ २०७१ जेठ २३ गते घोषणा

पन्ध्रौं जिल्ला डडेलधुरा २०७१ जेठ २४ गते घोषणा

सोह्रौं जिल्ला बाजुरा २०७१ मंसिर १२ गते घोषणा

सत्रौं जिल्ला अर्घाखाँची २०७१ मंसिर १३ गते घोषणा

अठारौं जिल्ला रुकुम २०७१ पुस ७ गते घोषणा

उन्नाईसौं जिल्ला रुकुम पूर्व २०७१ पुस ७ गते घोषणा

बीसौं जिल्ला गोरखा २०७१ पुस १६ गते घोषणा

एक्काईसौं जिल्ला जाजरकोट २०७१ पुस १८ गते घोषणा

बाईसौं जिल्ला धनकुटा २०७१ पुस ३० गते घोषणा

तेईसौं जिल्ला लम्जुङ २०७१ माघ २४ गते घोषणा

चौबीसौं जिल्ला इलाम २०७१ फागुन १४ गते घोषणा

पच्चीसौं जिल्ला बर्दिया २०७२ जेठ २९ गते घोषणा

छब्बीसौं जिल्ला दैलेख २०७२ असार ७ गते घोषणा

सत्ताईसौं जिल्ला नवलपरासी २०७२ असार १५ गते घोषणा

अठ्ठाईसौं जिल्ला परासी २०७२ असार १५ गते घोषणा

उनान्तीसौं जिल्ला गुल्मी २०७२ असार २६ गते घोषणा

तीसौं जिल्ला रोल्पा २०७२ पुस ९ गते घोषणा

एकतीसौं जिल्ला सुर्खेत २०७२ पुस १४ गते घोषणा

बत्तीसौं जिल्ला तेह्रथुम २०७२ पुस १६ गते घोषणा

तेत्तीसौं जिल्ला बझाङ २०७२ पुस १६ गते घोषणा

चौंतीसौं जिल्ला स्याङजा २०७२ पुस २५ गते घोषणा

पैंतीसौं जिल्ला उदयपुर २०७२ माघ १३ गते घोषणा

छत्तीसौं जिल्ला जुम्ला २०७२ फागुन २० गते घोषणा

सैंतीसौं जिल्ला खोटाङ २०७३ जेठ ७ गते घोषणा

अठतीसौं जिल्ला ताप्लेजुङ २०७३ जेठ ३१ गते घोषणा

उन्चालीसौं जिल्ला सल्यान २०७३ असार १७ गते घोषणा

चालीसौं जिल्ला बैतडी २०७३ असार २८ गते घोषणा

एकचालीसौं जिल्ला मनाङ २०७४ असार १७ गते घोषणा

बयालीसौं जिल्ला डोटी २०७४ असार २८ गते घोषणा

त्रिचालीसौं जिल्ला ओखलढुङ्गा २०७४ असार २८ गते घोषणा

चवालीसौं जिल्ला डोल्पा २०७४ कार्तिक ९ गते घोषणा

पैतालीसौं जिल्ला हुम्ला २०७४ मंसिर १८ गते घोषणा

छयालीसौं जिल्ला कञ्चनपुर २०७४ पुस ७ गते घोषणा

सतचालीसौं जिल्ला रसुवा २०७४ पुस १६ गते घोषणा

अठचालीसौं जिल्ला सिरहा २०७४ चैत्र ९ गते घोषणा

उनान्चासौं जिल्ला सप्तरी २०७४ चैत्र २१ गते घोषणा

पचासौं जिल्ला पाल्पा २०७४ चैत्र २४ गते घोषणा

एकाउन्नौं जिल्ला सिन्धुली २०७५ वैशाख १३ गते घोषणा

बाउन्नौं जिल्ला दार्चुला २०७५ वैशाख २५ गते घोषणा

त्रिपन्नौं जिल्ला कैलाली २०७५ वैशाख ३० गते घोषणा

चवन्नौ जिल्ला ललितपुर २०७५ जेठ २७ गते घोषणा

पचपन्नौं जिल्ला रामेछाप २०७५ जेठ २७ गते घोषणा

छपन्नौं जिल्ला संखुवासभा २०७५ जेठ २८ गते घोषणा

सन्ताउन्नौं जिल्ला मुगु २०७५ जेठ २८ गते घोषणा

अन्ठाउन्नौं जिल्ला सुनसरी २०७५ असार १९ गते घोषणा

उन्साठीऔं जिल्ला बाँके २०७५ असार २८ गते घोषणा

साठी औं जिल्ला नुवाकोट २०७५ असार २८ गते घोषणा

एकसाठ्ठीऔं जिल्ला रुपन्देही २०७५ पुस ६ गते घोषणा

बैसठ्ठीऔं जिल्ला झापा २०७५ पुस १३ घोषणा

त्रिसठ्ठीऔं जिल्ला रौतहट २०७५ पुस १४ गते घोषणा

चौसठ्ठीऔं जिल्ला धादिङ २०७५ चैत्र २४ गते घोषणा

पैसठ्ठीऔं जिल्ला काभ्रेपलाञ्चोक २०७६ असार १३ गते घोषणा

छैसठ्ठीऔं जिल्ला मोरङ २०७६ साल असार २१ घोषणा

सत्सठ्ठीऔं जिल्ला दोलखा २०७६ भदौ १२ गते घोषणा

अठ्सठ्ठीऔं जिल्ला सिन्धुपाल्चोक २०७६ भदौ २० गते घोषणा

उन्सत्तरीऔं जिल्ला बारा २०७६ भदौ २७ गते घोषणा

सत्तरीऔं जिल्ला पर्सा २०७६ भदौ २८ गते घोषणा

एकहत्तरौं जिल्ला सर्लाही २०७६ भदौ ३० गते घोषणा

बहत्तरौं जिल्ला धनुषा २०७६ भदौ ३० गते घोषणा

स्रोत : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालय ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार