
काठमाडौ : दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिनिधीमूलक ढंगबाट काम गर्न वास क्षेत्रमा कटिबद्ध भएर काम गरिरहेका संस्थाहरु सदस्य रहने गरी फोरम गठन गरिएको गैरसरकारी संस्था महासंघ नेपालका कार्यकारी निर्देशक बिबी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल वाटर एड, प्लान इन्टरनेशनल, फेडवासन, फण्ड बोर्ड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, वल्र्ड भिजन लगायत संघसंस्था सदस्य बनेका छन् । यो फोरममा अन्य संघसंस्थालाई समेत थप गर्दै लगिनेछ ।
फोरमले सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि योजना बनाउन सघाउने, दिगो विकास लक्ष्य प्राप्तिका लागि एक अर्काले गरिरहेका कामबारे समन्वय र सहकार्य गर्नेछ । दिगो विकास लक्ष्य ६ फोरम गठनले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बल पुग्ने गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले बताउनुभयो । उहाँले यस कार्यबाट नागरिक समाज, सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि सघाउन जागरुक छन् भन्ने सन्देश जाने बताउनुभयो ।
कार्यक्रममा दिगो विकास लक्ष्य हासिल गर्नका लागि अहिलेसम्म खानेपानीको पहुँच पुग्न बाँकी जनसंख्यालाई खानेपानीको पहुँच पु¥याउनुपर्ने, महिला, बालबालिका, यौनिक एवं लैंगिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाइ सेवामा पहुँच अभिबृद्धि गराउनुपर्ने, वास क्षेत्रमा कार्यरत संघसंस्था बीच समन्वय हुनुपर्ने र खुला दिसामुक्त अभियानलाई जस्तै पूर्ण सरसफाइ कार्यक्रमलाई समेत अभियानकै रुपमा लैजानुपर्नेमा जोड दिएका थिए ।
के छ दगो विकास लक्ष्य ६ मा ?
संयुक्त राष्ट्र संघले निर्धारण गरेको १७ वटा दिगो विकास लक्ष्य अन्तर्गत छैटौं लक्ष्यले खानेपानी र सरसफाइ सम्बन्धी लक्ष्यलाई किटान गरिएको छ । जो निम्न छन् ।
६.१ सन् २०३० सम्म, सबैको लागि सुरक्षित र किफायती रुपमा खानेपानीमा समतामूलक पहुँच प्राप्त गर्ने ।
६.२ सन् २०३० सम्म, सबैका लागि पर्याप्त र समतामूलक रुपमा सरसफाइ र स्वच्छतामा पहुँच, महिला संकटासन्ना अवस्थामा रहेकालाई विशेष ध्यान दिई खुला दिसाको अन्त्य गर्ने ।
६.३ सन २०३० सम्म, प्रदुषण घटाइ पानीको गुणस्तरमा सुधार, खतरनाक रसायन सामग्रीहरुको डम्पिङ, निर्मुल, अप्रशोधित फोहोरपानी आधाले घटाई दिगोपनामा बृद्धि तथा रिसाइकल गरी पुनः प्रयोग गर्ने ।
६.४ सन् २०३० सम्म, पानीको अभावलाई सम्बोधन गर्न सबै क्षेत्रमा पानीको उपयोग दक्षतामा उल्लेख्य वृद्धि गरी स्वच्छ पानी वितरण गर्न दिगो फिर्ती सुनिश्चित गर्ने ।
६.५ सन् २०३० सम्म, उपयुक्त सीमापार सहयोग समेतको माध्यमले सबै तहमा एकीकृत पानीका स्रोतहरुको व्यवस्थापन कार्यान्वयन गर्ने ।
६.६ सन् २०३० सम्म, हिमाल, जंगल, सीमसार, नदी, जलभृत र तालहरु समेतमा पानी सम्बन्धी पर्यावरण पुनर्भरण र संरक्षण गर्ने ।
६..६ क. सन् २०३० सम्म विकासशील राष्ट्रहरुलाई पानी र सरसफाइ सँग सम्बन्धित क्रियाकलाप र कार्यक्रम, पानी हार्भेष्टिङ, पानी दक्षता, फोहोर पानी प्रशोधन, रिसाइक्लिङ र पुनः प्रयोग प्रविधिहरुमा अन्तर्राष्ट्रिय सहयोग र क्षमता विस्तार गर्ने ।
६.३.ख. खानेपानी र सरसफाइ व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुधारको लागि सहयोग र सबलीकरण गर्ने ।


928 पटक हेरिएको 

