छाउगोठमा बस्ने चलन हटाउने उपाय के हुन सक्छ ?

 1415 पटक हेरिएको

काठमाडौ : सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाहरुमा व्याप्त छाउ प्रथा हटाउन अनेकन प्रयास भईरहेका छन् । यद्यपि आशातित परिणाम प्राप्त गरिसकेको छैन । छाउप्रथा अपनाउनेलाई कडा कार्वाही गर्ने ऐन कानुन बनेका छन् भने विभिन्न संघसंस्था र स्थानीय सरकारकै अगुवाईमा छाउगोठ भत्काउने अभियान पनि भईरहेका छन् ।

छाउप्रथालाई निर्मूल गर्न यत्तिबेला संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार र विभिन्न संघसंस्था एवं अभियन्ता सक्रिय रुपमा लागेका छन् । महिनावारीका बिषयलाई कक्षा ४ देखिकै पाठ्यक्रममा समावेश गर्ने, अभियान सञ्चालन गर्ने, छाउप्रथा अंगाल्न बाध्य तुल्याउने र बस्ने दुवैलाई सजाय दिने लगायत कामहरु सरकारका प्रसंसायोग्य कदम हुन् ।

यद्यपि यत्तिले मात्र छाउप्रथा त्याग्छन् भन्ने विश्वास छैन । यसका लागि महिनावारी महिला हुनुको गौरव हो भन्ने सबैमा बोध गराउन जरुरी छ भन्नुहुन्छ राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठ ।

हेरौं राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा संयोजक श्रेष्ठले व्यक्त गर्नुभएको विचार :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार