काठमाडौ : ‘मूलधारका मिडियाहरु राजनीतिको चक्रव्यूहमा घुमिरहन्छन्, राजनीतिको हावा जता जता बहन्छ, मिडिया पनि त्यता त्यतै बतासिन्छ । महिला हिंसा, बसाईं सराई, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ जस्ता बिषय त मिडियाको चासोमै पर्दैनन् ।’
प्रायः मिडिया सञ्चालक एवं पत्रकारहरु माथिको दृष्टिकोण आम जनमानसको यस्तै हुने गरेको छ । झट्ट हेर्दा यस्तै देखिन्छन् पनि । पत्रपत्रिका, रेडियो एवं टेलिभिजनमा प्रसारण हुने समाचार मात्र होइन, कार्यक्रमहरु पनि राजनीतिक बिषयबस्तुले नै भरिएका हुन्छन् । राजनीतिक समाचारलाई मात्र बढी प्राथमिकता दिने मिडियाहरुका लागि खानेपानी, सरसफाइ र स्वच्छता (वास) को समाचार बन्न सक्दैनन् ? खानेपानी र सरसफाइको बिषयलाई मिडियामा स्थान दिन के कुराले रोकेको छ ? अबका दिनमा अरु बिषय सरह खानेपानी र सरसफाइको बिषयलाई पनि समाचारको बिषय बनाउन मिडिया सञ्चालक, सम्पादक एवं डेस्क सम्पादकले के गर्न सक्छन् ?
वातावरणविद भुषण तुलाधरले यसै बिषयमा प्यानल डिस्कसन गर्नु भएको छ । प्यानलिष्टहरु हुनुहुन्छ : वरिष्ठ पत्रकार दिल भुषण पाठक, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, उज्यालो रेडियो नेटवर्ककी निर्देशक मन्टेश्वरी राजभण्डारी र कान्तिपुर दैनिकका उपत्यका व्युरो इन्चार्ज हिमेश बज्रचार्य ।
छलफल कार्यक्रम अलि पुरानो हो । तर बिषय चाहिं जल्दोबल्दो छ । खानेपानी, सरसफाइ र स्वच्छताका मुद्दाहरु मूलधारका मिडियाको प्राथमिकतामा नपरेसम्म यो बिषय ताजै रहन्छ । छलफल एवं बहस सञ्चालन गर्नुपर्ने बिषय भईरहन्छ । गत बर्ष जेठ २६ मा नेपाल नगरपालिका संघ, वातावरण र जनस्वास्थ्य संस्था एन्फो लगायत संघसंस्थाले आयोजना गरेको वास मेलाको दोस्रो दिन यस बिषयमा व्यापक छलफल गरिएको थियो ।
खानेपानी, सरसफाइ र स्वच्छताका बिषयहरु किन मिडियाको प्राथमिकतामा पर्दैनन् ? के प्राथमिकतामा पारे पनि पढ्ने तथा हेर्नेलाई मात्र त्यस्तो लागेको हो ?
हेरौं वरिष्ठ पत्रकार दिल भुषण पाठक, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, उज्यालो रेडियो नेटवर्ककी निर्देशक मन्टेश्वरी राजभण्डारी र कान्तिपुर दैनिकका उपत्यका व्युरो इन्चार्ज हिमेश बज्रचार्य सँगको बहस :
‘वासका मुद्दाहरुले मूलधारका मिडियामा किन स्थान पाउँदैनन् ?’ यस बिषयमा गरिएको बहसको बाँकी अंश अर्को भागमा प्रस्तुत गर्नेछौं । कृपया वास खबर डट कम हेर्दै गर्नुहोला । – सम्पादक


1474 पटक हेरिएको 

