स्क्वाट प्यान, जसमा शौच गर्दा घुँडा दुख्ने समस्या हुँदैन

 2256 पटक हेरिएको

 

काठमाडौ : पुराना डिजाइनको प्यानमा बस्दा पछाडिपट्टि ढल्किए जस्तो हुने, शरीर सन्तुलित बनाउन खोज्दा घुँडा दुख्ने र खुट्टा गल्ने जस्ता समस्या पक्कै भोग्नु भएकै होला । तर बजारमा उपलब्ध स्क्वाट इज प्यानले तपाईको यी सारा समस्या हटाउने भएको छ । यत्ति मात्र होइन, पुराना डिजाइनका स्क्वाट प्यानमा बसेर शौच गर्दा घुँडामा दबाब पर्ने, बस्न असहज हुने र कहिलेकाहीं गलत दिशामा फर्केर शौच गरी शौचालय फोहोर भएको पाइन्छ । यही असहजता हटाउन स्क्वाट इज प्यान बनाइएको हो ।

प्यानमा स्क्वाट प्यानमा बसेर शौच गर्दाको असहजता हटाउन प्यानको फुटरेस्टको पछाडिको भागलाई जमिन भन्दा ५ सिएम् माथि उठाई फुटरेस्टलाई अगाडि पट्टि ढल्काईएको छ । यसले प्यानमा बस्दा फुटरेस्टका ढल्काइको कोणका कारण शरिरको गुरुत्वाकर्षण केन्द्र बदलिन्छ र यसले सन्तुलन कायम गर्न मद्दत पुग्छ । स्क्वाट इज प्यानको डिजाइनका कारण प्रयोगकर्ताले गलत दिशामा फर्केर शौच गरी शौचालय फोहोर गर्ने घटना पनि नहुने र सफाइमा कम पानी प्रयोग हुने उत्पादकको दाबी छ ।

स्क्वाट इज प्यानको फुटरेस्ट राम्रो ग्रिप हुने गरी डिजाइन गरिएको छ । यस्तै दृष्टिविहीनले बुझ्ने गरी विश्वव्यापी दिशा परिवर्तन चिन्ह राखिएको छ । कमोडमा बसेर भन्दा स्क्वाट प्यानको बसेर शौच गर्दा ठूलो आन्द्राको पोजिसशनका कारण मल त्यागमा पर्ने दबाब घटाई शौच गर्न सहज हुने अध्ययनहरुले देखाएको छ ।

स्क्वाट इजको २० इन्च र २२ इन्चको प्यान बजारमा उपलब्ध छ । स्क्वाट इज प्यान भारतमा महात्मा गान्धी अन्तर्राष्ट्रिय सरसफाइ सम्मेलनमा आफ्नो डिजाइनको लागि प्रधानमन्त्री मोदीको हातबाट नवीनताको प्रथम पुरस्कार, स्वच्छ भारत पुरस्कार २०१८ ले सम्मानित गरिएको थियो । २०१९ मा स्क्वाट इज प्यानले जापानको गुड डिजाइन अवार्ड पनि जितेको थियो । २०१९ को कुम्भ मेलामा ५ हजार स्क्वाट इज शौचालय प्रयोगमा ल्याईएको थियो । शताब्दियौं देखि मानिसहरुले स्क्वाट शौचालयको प्रयोग गर्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार