स्वच्छता प्रबर्धनका लागि विद्यालयमा बृक्षारोपण

 

भिष्म लोध, बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–३ जोगा गाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार बृक्षारोपण गरिएको छ । बिद्यालयले वातावरण तथा स्वच्छता प्रबर्धन गर्न शुक्रबार बिद्यालय हाताभित्र बृक्षारोपण गरिएको हो । बिद्यालयमा रहेको बाल क्लब तथा महिनावारी स्वच्छता व्यवस्थापन समूहको अगुवाईमा बिद्यालय हाताभित्र अशोकका १० वटा बिरुवा रोपिएको छ ।

शिक्षक निरज मिश्राका अनुसार बिद्यालयका सम्पूर्ण शिक्षक, बिद्यार्थीहरुको सहभागितामा बृक्षारोपण गरिएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले सञ्चालन गरेको बिद्यालय वास कार्यक्रमले बिद्यालयको सरसफाइ र स्वच्छता क्षेत्रमा धेरै सहयोग पुगेको छ । यो कार्यक्रमबाट समग्र वातावरणको सुधार भएको र बिद्यार्थीहरुमा सकारात्मक भावनाको बिकास भएको बाल फोकल शिक्षक कृष्ण आचार्यले बताउनुभयो । ‘शुक्रबार भएको बृक्षारोपण पनि एक उदाहरण हो’ आचार्यले भन्नुभयो ‘यसमा सबै बिद्यार्थी लागेका छन् ।’

बृक्षारोपणलाई सुरक्षित बनाउन गेरुवाले ट्रि–गार्ड (ठुलो गमला) सहयोग गरेको छ । वातावरण तथा स्वच्छता प्रबर्धन गर्न बिद्यालयमा सञ्चालित बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम मार्फत शिक्षक, बाल क्लब तथा समूहले सक्रियता बढाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार