खानेपानी, खाद्यान्न र औषधी लगायतको पसल दिनैभरि खुला रहने

काठमाडौ : सरकारले आजदेखि दिनभर खानेपानी, खाद्यान्न र औषधी लगायत पसल सञ्चालन गर्न दिने भएको छ । बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अत्याश्वक खाद्य वस्तु राखिएका पसल आजदेखि दिउँसो पनि खोल्न दिइने जानकारी दिनुभयो । विज्ञप्तिमा लकडाउनको व्यवस्थालाई कार्यान्वयन गर्न आम नागरिकलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार