स्वच्छ र सफा क्षेत्र घोषित तीनतलेमा २ बर्षपछि पुग्दा (भिडियो)

उदयपुर : वरिपरि हरियाली जंगल, जंगलको बीचमा छ, सानो बस्ती । बाटोको दायाँबायाँ चिटिक्क परेका घरहरु । हरेक घरमा जडान गरिएको छ, पानीको धारा, धारा सँगै बनाईएको छ, भाँडा सुकाउने चाङ । चाङमा छन्, टिलिक्क टल्केका भाँडाकुँडा । स्वच्छ र सफा क्षेत्र घोषणा भएको करिब २ बर्षपछि हामी उदयपुरको बेलका नगरपालिका ६ तीनतले पुग्दा यस्तै दृश्य देख्यौं ।

तीनतलेलाई २०७५ साल वैशाख १६ गते स्वच्छ र सफा क्षेत्र घोषणा गरिएको थियो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा, समाजसेवी समुह नेपालले तीनतलेमा खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गरी स्वच्छ र सफा क्षेत्र घोषणका लागि सबै सूचक पूरा भएपछि तीनतलेलाई स्वच्छ र सफा क्षेत्र घोषणा गरिएको थियो ।

सरसफाइ अभियानको क्रममा सञ्चालित सरसफाइ सम्बन्धी क्रियाकलापहरुले समुदायको व्यवहार परिवर्तनमा ठूलो सघाउ पुगेको देखिन्छ । अहिले हरेक घरले शौचालयको सुरक्षित प्रयोग गरिरहेका छन् । खानेपानीलाई कुनै न कुनै विधिबाट शुद्धिकरण गरेर मात्र पिउन थालेका छन् । वातावरण सफा राख्न बाटोघाटोमा समेत फोहोरलाई संकलन गर्ने टोकरीको व्यवस्था गरिएको छ ।

त्यसबेला तीनतले गाउँलाई स्वच्छ र सफा क्षेत्र घोषणाका लागि खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको समाजसेवी समूह नेपालका टिम लिडर विनोद कुमार कार्कीलाई दुईबर्षको अन्तरालमा पुग्दा कस्तो लाग्यो भनेर सोधेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार