खानेपानी आयोजनामा महिला सहभागिता किन ? कसरी सुनिश्चित गर्ने ? (भिडियो वार्ता)

झापा : राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य छ । यही व्यवस्था अनुसार खानेपानी तथा सरसफाइआयोजनाहरु सञ्चालन गर्दा पनि आयोजनाको हरेक चरणमा महिला सहभागिता सुनिश्चित गर्न अनिवार्य छ । खानेपानी आयोजनाहरु सञ्चालन गर्दा कतिपय कामहरु महिला सहभागिता बिना अधुरो जस्तै हुन्छ । यसर्थ योजना तर्जुमाको चरणदेखि योजना सम्पन्न पछि पनि महिला सहभागिता गराउन जरुरी छ ।

महिलाको सहभागिताको राम्रो उदाहरण भएका खानेपानी आयोजनाहरु मध्ये झापाको बुद्धशान्ति गाउँपालिका -५ मा रहेको खारखोला ग्रामीण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पनि एक हो । खारखोला उपभोक्ता समितिको पदाधिकारी तथा अन्य पदहरुमा समेत महिलालाई प्राथमिकता दिदै आएको छ । हामीले खारखोला ग्रामीण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रोहित तोलाङ्गे सँग खानेपानी उपभोक्ता समितिले अबलम्बन गर्दै आएको पारदर्शिता, नेतृत्व परिवर्तन एवं महिला सहभागिताको बिषयमा भिडियो सम्वाद गरेका छौं ।

हेरौं यो भिडियो :

यो आयोजना ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजना हो । फण्ड बोर्डले हरेक खानेपानी आयोजनामा महिलाको सहभागिता, सशक्तिकरण र आर्थिक विकासको लागि जोड दिदै आएको छ । प्रत्येक खानेपानी तथा सरसफाइ उपभोक्ता समूहमा ३३ प्रतिशत महिला र त्यसको कम्तीमा पनि एउटा मुख्य पदमा महिला हुनुपर्ने कोष विकास समितिको अनिवार्य व्यवस्था छ । यसैगरी सामाजिक रुपमा बहिष्करणमा परेका महिलाहरुलाई क्षमता अभिवृद्धिका क्रियाकलापहरुमा समेत सहभागी गराउनु पर्ने भनेको छ ।

खानेपानी तथा सरसफाइका संरचनाहरुको स्थानको सुनिश्चितता गर्ने, महिला बच्चा धारा समूहरमहिला सरसफाइ तथा स्वच्छता समूह गठन गर्ने, महिला प्राविधिक सहयोग सेवारजीविका समूह सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्ने आदि कुराहरुमा महिलाहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ ।

घर नजिकै पानीको सुविधा उपलब्ध हुने भएपछि पानी ओसारपसारमा बचत भएको समयको प्रभावकारी उपयोग गर्नका लागि कोष विकास समितिले प्रति आयोजना २० हजार रुपैयाँ सम्म बीउ पूँजीका रुपमा उपलब्ध गराउने प्रावधान छ । महिला प्राविधिक सहयोग सेवारजीविका समूहद्वारा आर्थिक विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपन्न, बञ्चितीकरणमा पारिएका तथा आदिवासी महिलाहरुलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिन्छ ।

फण्ड बोर्डले खानेपानी तथा सरसफाइ आपूर्ति तथा वितरण प्रणालीमा परिवर्तन ल्याई समुदायको मागमा आधारित तथा सहभागितामूलक विकास अवधारणा अवलम्बनद्वारा ग्रामीण भेगका नागरिकका लागि सुरक्षित खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार