लकडाउनको समयमा यी कामहरु गर्न छुटाउनुभयो कि ?

काठमाडौ : लामो समय घरमा बस्नुपर्दा तपाईलाई दिक्क लागिसकेको होला ? तर दिक्क नमान्नु होला । लकडाउनकै कारण भए पनि तपाई हामीले परिवार सँग बस्ने अवसर पाएका छौ नि होइन ? यो फुर्सदको समय घरमै रचनात्मक काम गर्न पनि सकिदो रहेछ । यो समयमा घरको बगैँचादेखि बैठक कोठासम्म सरसफाइ गर्न सकिन्छ । छोराछोरीलाई अतिरिक्त क्रियाकलाप गराउन सकिन्छ । युट्युब हेरेर नाच्न, खाना बनाउन, फिल्म हेर्न र अरू ज्ञानगुनका कुरा सिक्न सकिन्छ । के यी कामहरु लकडाउनको समयमा गर्नुभयो ? एक पटक प्रयास गर्ने कि ?

 

👉 घरमा बगैँचा भएमा गोडमेल गर्नुहोस् । बोट–बिरुवामा मलजल राख्नुस् । फूलका गमलामा रङ लगाउन सकिन्छ । करेसाबारीमा तरकारी लगाउनुस् । बगैँचामा दुबो बढेको हुन सक्छ, यहीवेला कटिङ गर्नुस् । घरमा कम्पाउन्ड नभए पनि कौसी, बार्दली वा छतमा पनि गमलामा फूल रोप्न सकिन्छ । यो युट्युब हेरेर सिक्न सकिन्छ ।

👉  जाडो सकिएर गर्मी सुरु भएको छ । बाक्ला लुगा धोएर थन्क्याउनुुस् र गर्मीका लुगा बाहिर निकाल्नुुस् । यही फुर्सदमा दराज पुछपाछ गरी मिलाउन सकिन्छ । किताबका तखता मिलाउन सकिन्छ । मन पर्ने पुुस्तक पढ्न, सिनेमा हेर्न र म्युजिक सुन्न सकिन्छ । झ्यालका पर्दा, गलैँचा, सोफाको कभर मैलिएको हुन सक्छ । यही फुर्सदमा धुनुहोस् । पलङ, झ्याल, ढोका, सोफा, कुर्सीलगायत फर्निचर पुछेर सफा गर्नुहोस् ।

👉 बैठक कोठा सफाइ गर्नुस् । नचाहिने सामान फ्याँक्नुस् । बैठककोठा खुला बनाउनुपर्छ । बैठककोठालाई फरकपन दिन सोफा यताउति सार्न सक्नुहुन्छ । सोफाको खोल फेर्न सकिन्छ । बेडरुममा पनि अनावश्यक सामान फ्याँकेर खुला बनाउन सकिन्छ । गलैँचा धोएर राख्न सकिन्छ । एट्याच बाथरुम भए राम्रोसँग सफा गर्नुहोस् ।

👉  यही समयमा घरको भान्सा हाइजिनिक बनाउन सकिन्छ । भान्साको सिन्क, डस्टबिन, झ्याल, चिम्नी, भुइँ, भित्ता, ग्यासचुलो, स्ल्याब, चपिङ बोर्ड, भाँडा राख्ने ठाउँ, धारा, फ्रिज, ग्राइन्डर, डाइनिङ टेबल, कुर्सीलगायत सामान सफा गरेर चिटिक्क पारौँ ।

👉  यही समयमा बालबालिकालाई नाच्न, ड्रइङ गर्न, वाद्यवादन बजाउन सिकाउन सकिन्छ । यस्ता काम युट्युब हेरेर सिक्न सकिन्छ युट्युुब हेरेरै योग तथा अन्य शारीरिक अभ्यास पनि गर्न सकिन्छ । घरमा बसीबसी खाने गर्दा मोटाउन सकिन्छ । र, विभिन्न रोग लाग्न सक्छ । एक्सरसाइज गरेर शरीर एक्टिभ गराइराख्नुस् । आफूसँग अतिरिक्त सीप छ भने घरमै काम गर्न सकिन्छ । यो सामग्री हामीले नयाँ पत्रिकाबाट साभार गरेका हौं । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार