आहा ! भन्ने भएको छ सहरी सुन्दरता र सरसफाइ

काठमाडौं : लकडाउनका कारण बाहिर निस्कन नपाउनु भएको महिना दिन भन्दा बढी भईसकेको छ । लकडाउन खुलेपछि तपाईले काठमाडौको सरसफाइ र सहरी सुन्दरता फरक पाउनु हुनेछ । सडक तथा अरु थुप्रै पूर्वाधार पहिलेको भन्दा फरक लाग्नेछ तपाईलाई । लकडाउनकै समयमा सडक र सहरी सरसफाइ तथा सौन्दर्यकरणमा जोड दिएपछि सहरी सुन्दरता बढेको हो । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभागले लकडाउनको समयमा पनि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन तथा सडक र सार्वजनिक स्थानहरु बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्ने, सुन्दरता बढाउने लगायत काम नियमित रुपमा गरिरहेको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनकै अवधिमा सुन्धारा र शंखधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्डलाई आकर्षक बनाईएको छ । ती आइल्याण्डको साविकको संरचनामा सुधार गरेर परम्परागत इटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारी दुबो, फूल र बिरुवा रोपिएको हो । वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालका अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७५० बोट सिजनल फूल रोपिनेछन् ।

त्यस्तै २ फिटका १० वटा एलिजिया, १.५ फिटका ५ वटा साइकस पाम, १.५ फिटका ३ बोट सेप्लेरिया भेरिगेटर, १.५ फिटका ६ बोट नीलजाई, ९ इञ्चका २१ बोट ड्रेसिना इलिगन, १ फिटका ४ बोट ड्रेसिन भेरिकेटर, २ फिटका ६ बोट फोनिक्स पाम, १.५ फिटका ५ बोट क्याट्रक पाम, ९ इञ्चका ५ बोट ड्रेसोना रोपिनेछन् । त्यस्तै १ं.३ इञ्चका ८ बोट क्लोटन, १.५ फिटका ६ बोट जनादो पाम, १.३ फिटका ६ बोट बटर प्याराडाइज र ३ फिटका ३ बोट रेक्सोना पाम रोपिनेछन् । ती मध्ये केही फूलहरु भने रोपिईसकेका छन् ।


त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्दा सडक किनारामा भएका फूल फुलेका छन् । बिरुवा हुर्कँदैछन् । नयाँ सडक अघिल्तिरको आइल्याण्डमा ढकमक्क फूल फूलेका छन् भने सुन्धाराका ४ वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे २ फिटको बनाइएका छन् । चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको महाशाखा प्रमुख बरालले बताउनुभयो । ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाउने काम भईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार