सरकारले खानेपानी लगायत यी वस्तुमा लकडाउन अवधिभर छुट दिने

काठमाडौ : सरकारले लकडाउन अवधिभर अत्यावश्यक खाद्य सामाग्री र सेवामा सर्वसाधारणलाई छुट दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, कर छुट तथा सुविधा स्वीकृत गर्दै छुट सम्बन्धि ब्यबस्था गरेको हो । जस अनुसार खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्रि हुने चामल, पिठो, दल , चिनी , नुन तेल लगायतका खाद्यान्नमा १० प्रतिशत छुट दिने जनाएको हो ।

त्यस्तै सरकारले लकडाउनको लागि दिईदै आएको इन्टरनेट तथा डाटामा २५ प्रतिशत छुट दिन नेपाली टेलिकमलाई निर्देशन दिएको छ । त्यस्तै विद्युत प्राधिकरणले प्रति महिना २५० युनिट सम्म खपत गर्ने घरायसी ग्राहकलाई १५ प्रतिशत महशुल छुट र प्रति महिना २५० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई २५ प्रतिशत महशुल छुट दिने भएको छ ।

साथै सरकारले खानेपानी, विद्युत, टेलिकम र इन्टरनेट शुल्कको फागुन देखि जेठ सम्मको शुल्क असार मसान्त सम्म बुझाएमा बिलम्ब वापत लाग्ने जरिवानामा छुट दिने ब्यबस्था गरेको छ ।

हेरौं छुट सम्बन्धी अन्य व्यवस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार