प्रदेश सांसद यादवद्वारा आफ्नै निवासमा बोलाई सरसफाइ श्रमिकलाई सम्मान


जनकपुर : प्रदेश २ का सांसद एवं सरसफाइ अभियन्ता राम आशिष यादवले जनकपुरधाम उपमहानगरपालिकाको सफाइ मजदुरलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी सांसद यादवले आफ्नै निवासमा ७ जना सफाइ मजदुरलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको सरसफाइ अभियन्ता धीरेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरसफाइ गर्न जनकपुर रेलवे स्टेशन आएका सातै जना सरसफाइ मजदुरलाई यादवले सम्मान गर्नुभएको हो । सांसद यादवले उहाँहरुलाई मास्क, साबुन र कपड़ाको झोला समेत वितरण गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार