खानेपानीले महिला सशक्तिकरण देखि जीवनस्तर सुधार्नसम्म परिवर्तन

इलाम : खानेपानीको उपलब्धता घर नजिकै भयो भने टाढा देखि खानेपानी ओसारिरहनु पर्दैन । प्रायः खानेपानीको जोहो गर्ने जिम्मेवारी महिलाको भागमा पर्ने भएकाले महिलामा कामको बोझ अलि कम होला ? बालबालिकाले समयमै विद्यालय जान पाउँछन् ।

खानेपानी घर आँगनमै उपलब्ध हुँदा यी बाहेक खासै धेरै परिवर्तनको अपेक्षा गरिदैन । तर घरआँगनमै सहज रुपमा पानीको आपूर्ति हुँदा महिलाको सशक्तिकरण देखि जीवनस्तरमा समेत सुधार भएको कुरा इलामको माईजोगमाई गाउँपालिका वडा नं. ६ मा सञ्चालित धुपीडाँडा भुलभुले खानेपानी आयोजनाबाट लाभान्वित भएका आमा दिदी बहिनीलाई सोधे पुग्छ ।

खानेपानीको सहज उपलब्धता हुँदा महिलाको जीवनमा आएको परिवर्तनले भन्छ ‘खानेपानीको अभाव महिलाको चौतर्फी परिवर्तनको बाधक पनि हो ।’ धुपीडाँडा भुलभुले खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि महिला धारा समूह गठन गरिएको थियो । समूहले धाराको संरक्षण तथा सरसफाइका अलावा मासिक बचत गरी आयमूलक काममा ऋण लगानी गर्न थालेपछि महिलाको जीवनस्तरमै परिवर्तन आएको गोदावरी खानेपानी आमा समूहकी अध्यक्ष जसकुमारी साउदेन थेबेले बताउनुभयो ।

पानी ओसार्न खर्च हुने समयमा विभिन्न तालिम तथा गोष्ठीमा सहभागी भएपछि महिला सशक्तिकरणमा पनि टेवा पुगेको उहाँले बताउनुभयो । खानेपानीको सहज उपलब्ध भएपछि महिलाको जीवनमा आएको परिवर्तनका बारेमा उहाँसँग गरिएको कुराकानी हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार