काठमाडौ : पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश कम्पोष्ट विनलाई स्थानीय तहले अनुदान सहित घर घरमा मल बनाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । कौसीमा पुष्प बगैंचा निर्माण सम्बन्धी अनलाइन तालिमका क्रममा पूर्वमन्त्री साहले कम्पोष्ट विनलाई अनुदान दिएमा घरायसी फोहोर नियन्त्रण हुने बताउनुभएको हो ।
‘कोभिड–१९ को प्रकोप पश्चात हरेक नेपालीले खाद्य उत्पादनमा लाग्नुपर्छ । नेपालमा अब न त रेमिटेन्स आउँछ न बाहिरबाट खाद्यान्न खरिद गर्न सक्छौ त्यसैले सहरी क्षेत्रमा कौशी खेती मात्र नभई हाइड्रोफोनिक्स र मल्टी स्टोरी फामिङ्गको विकास गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘हरेक नागरिकले कौसी खेती गरे यसको वहु आयामिक प्रभाव हुन्छ जसले हाम्रो कार्बन फुटप्रिन्ट कम गराउँछ र घर घरको फोहोर व्यवस्थापन सघाउ पुग्छ ।’
तालिमका सहभागीले घरको कौशी र करेसामा पुष्प खेती गर्ने तरिका, चाहिने सामग्री, घरकै कुहिने फोहोरको प्रयोगबाट मल उत्पादन गर्ने र प्रयोग गर्ने विधि तथा पुष्प बगैचामा आउने समस्या समाधानका बारेमा जानकारी हासिल गरेका थिए ।
कौसीमा पुष्प बगैंचा निर्माण सम्बन्धी तालिम NREN र ICD4D को प्राविधिक सहयोगमा गैर सरकारी संस्था गुथिले आयोजना गरेको हो । तालिममा जुम एपबाट प्रत्यक्ष ५० जना र फेसबुक लाइभबाट २ हजार ३ सय जनाले सहभागिता जनाएको गुथिले जनाएको छ ।