३१ जना सफाइ कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ देखियो

🔗
7
Shares

काठमाडौं : काठमाडौं महानगरपालिकामा कार्यरत ३१ जना सफाइ कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। शुक्रबार टेकु अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा १६ जना पुरुष र १५ जना महिलामा एन्टिबडी पोजेटिभ देखिएको हो । जसमा चालकहरू समेत छन्। शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएको हो। जसमा ६ सय ६४ जनाको र्‍यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको संक्रमण यकिन गर्न थप पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ । उपत्यकामा समेत कोरोना संक्रमणको जोखिम बढेपछि धेरै मानिसहरूको भीडभाड हुने ठाउँमा कोरोनाको परीक्षण सुरु गरिएको हो।

सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार