काठमाडौं : आरडिटी परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) मा पोजेटिभ देखिएको काठमाडौ महानगरपालिकामा कार्यरत सफाइ कर्मचारीको रिपोर्ट पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । आरडिटी (पोलिमेयर चेन रियाक्सन) परीक्षणमा पोजेटिभ देखिएका ३१ जना सफाइ कर्मचारीको नतिज नेगेटिभ आएको हो । महानरपालिकाले जेठ २ गते इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । ९३४ मध्ये ६६४ जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट परीक्षण गरिएको थियो ।
आरडिटि (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएका ६६४ जनामध्ये ३ जना महिला स्वास्थ्य स्वयमसेविका सहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । परीक्षणबाट एन्टिबडी पोजेटिभ देखिएका सबैको ९थ्रोट स्वाब० पिसिआर परीक्षण गरेर थप परीक्षण गर्दा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । हिजो साँझमा नतिजा आएपछि घर जान सक्नेलाई जान दिइएको र घर जान सम्भव नहुनेलाई बिभागकै क्वारेन्टाइनमा राखी आज घर पठाईएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
परीक्षण गर्दा सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुलाई जोखिममा राखेर पिसिआर बिधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडिटी परीक्षण गरिएको थियो । त्यसपछि उहाँहरुलाई बिभागकै क्वारेन्टाइनमा राखिएको थियो ।
वातावरण व्यवस्थापन बिभाग मातहतका ९४५ जना कर्मचारी कार्यरत छन् । ती मध्ये ७३० जना कुचीकार हुनुहुन्छ । ती मध्ये ४९३ जनालाई वडा कार्यालयहरुबाट सरसफाइमा खटाउने गरिएको छ भने १६० जनालाई बिभागले मुल सडक लगायत अन्य सार्वजनिक स्थलको सफाइमा खटाउने गरेको छ ।