ललितपुर : ललितपुर महानगरपालिकाका दुबै सफाइ कर्मचारीको पिपीसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुवै सफाइकर्मचारीको पिसिआर टेस्ट नेगेटिभ आएको ललितपुर महानगरपालिका र्यापिड रेस्पोन्स टिमकी फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिनुभयो । शनिवार गरिएको आरटीडी टेस्टमा नतिजा पेजेटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखेर पीसिआर टेस्ट गरिएको थियो । महानगरपालिकाले शनिबार सरसफाइ क्षेत्रमा काम गर्ने तीन सय ३० जनाको कोरोना परिक्षण गरिएको थियो ।
२ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परिक्षण गर्दा ४८ र ५० वर्षीया महिलामा आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो ।पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुवै सफाइकर्मीलाई आ आफ्नो घर पठाईएको पाटन अस्पतालले जनाएको छ ।