जेनेभा : वाटर सप्लाइ एण्ड स्यानिटेसन कोल्याबरेटिभ काउन्सिल (डब्लुएससीसी) र यूएनअप्सले डोमिनिक ओनियललाई डब्लुएससीसीको नयाँ कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको छ ।

ओनियलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उद्योगहरुमा सम्बद्ध रहेर धेरै बर्ष काम गरेका छन् । उनले २०२० सेप्टेम्बरदेखि नयाँ पदीय जिम्मेवारी सम्हाल्नेछन् । ओनियल हाल विश्वबन्य जन्तु कोष, अन्तराष्ट्रिय राष्ट्रियका प्रमुख संचालन अधिकृतका रुपमा कार्यरत छन् । उनी ग्लोबल एलाइन्स फर इम्प्रुभ्ड न्यूट्रिसनका गैर–कार्यकारी निर्देशक रहेका छन् । साथै उनी अफ्रिकन विकास बैंक, युकेमा समेत कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । सन् २०२१ मा सरसफाइ तथा स्वच्छता कोषमा परिणत हुन गैरहेको डब्लुएससीसी अहिले आफ्नो ३० बर्षे इतिहासमा सबैभन्दा जटिल स्थितीमाझ रहेको छ ।
‘ओनियलको जनस्वास्थ्य र वातावरणीय बिषयहरुमा रहेको बुझाइ तथा उनको राजनीतिक समझदारीले गर्दा उनी यो संस्था रुपान्तरणको घडीमा उपयुक्त उम्मेद्धारका रुपमा रहेका छन्’,डब्लुएससीसीकी कार्यकारी अध्यक्ष हिन्त ओमान खतिबले भनिन् । डब्लुएससीसीको हालै बसेको स्थायी समिति बैठकले यस संस्थालाई सरसफाइ तथा स्वच्छता कोषको रुपमा अनुमोदन गरेको छ । यो कोषले विश्वमा बिद्यमान सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्य संकटमा आइपर्ने चुनौतीलाई समाधान गर्नका लागि विश्वमा कायम रहेको स्रोतको रिक्तता परिपूर्ति गर्न ग्लोबल लगानीको संयन्त्रबाट सहयोग गर्नेछ । यो कोष जनवरी, २०२१ बाट बिधिवत रुपमा सुरु हुनेछ ।
बेलायत निवासी ओनियलले बिगतमा यमन, इराक, सिरियालियोन र नेपालमा बेलायती सहयोग नियोगअन्तर्गत वातावरणीय स्वास्थ्य नीति सल्लाहकारका रुपमा काम गरेका थिए । उनले नामिबियको स्वास्थ्य मन्त्रालयमा जिल्ला वातावरणीय अधिकृतका रुपमा र नामिबियास्थित र्यालेक इन्टरनेशनलमा राष्ट्रिय निर्देशकका रुपमा कार्यरत थिए । ‘म यो रुपान्तरणको घडीमा डब्लुएससीसीमा सम्बद्ध हुन पाउँदा धेरै खुशी छु, स्वास्थ्य र सरसफाइ धेरै पक्षका लागि एकदमैं महत्वपूर्ण कुरा हो,’ओनियलले भनेका छन्–‘र, सबैका लागि स्वच्छता तथा सरसफाइ सुनिश्चित गर्न यो बहुपक्षीय साझेदारीका उपायहरु अवलम्बन गर्दै समस्या समाधान गर्नका लागि सर्वपक्षीय पहल हुनुपर्छ ।’


815 पटक हेरिएको 

