नेपाल फर्किने नागरिकलाई नाका नाकामै खानेपानी र खाना

🔗
2
Shares

नेपालगञ्ज : कोरोना भाइरसको महामारीका कारण भारतबाट नेपाल फर्किएका कर्णाली प्रदेशका नागरिकहरुलाई खानेपानी तथा तयारी खाद्यवस्तु वितरण शुरु गरिएको छ ।

नेपाल भारत सीमाको जमुनहा, गड्डाचौकी र बनबासा लगायत विभिन्न नाकाहरुबाट नेपाल आएका तथा घर फर्किएका कर्णालीका नागरिकहरुलाई सुर्खेत जिल्लाको छिन्चुमा कर्णाली प्रद्रेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा विश्व खाद्य कार्यक्रम र अन्य सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा खानाको ब्यवस्था गरिएको छ भने युनिसेफ, र नेपाल रेडक्रस सोसाइटी सुर्खेत लगायत अन्य निकायहरुको सहयोगमा खानेपानीको व्यवस्था गरिएको छ ।

भारतको विभिन्न राज्यबाट नेपाल फर्किरहेका नेपालीहरुले तत्काल खानेकुरा तथा खानेपानी नपाएर समस्यामा परेकोले त्यस्ता व्यक्तिहरुका लागि उल्लेखित निकायहरुले समन्वयात्मक रुपमा यो कार्यको थालनी गरेका हुन । कर्णाली प्रदेश प्रबेश गर्ने सबै नागरिक तथा उक्त सवारी साधनका स्टाफहरुलाई प्रतिव्यक्ति १ बोतल खानेपानी र एक प्याकेट खाना उपलब्ध गराएको छ । उक्त सामग्री वितरण गर्दा सामाजिक दुरी कायम गर्नुका साथै कोरोना सम्बन्धी साबधानी अपनाई सुरक्षित तवरले हस्तान्तरण गरिएको छ । उक्त कार्यमा स्थानीय स्तरको समन्वय तथा ब्यवस्थापन नेपाल रेडक्रस सोसाइटी, सुर्खेत, कोपिला भ्याली सेवा समाज र लाईन्स क्लवका स्वयंसेवकहरुले एकै स्थानबाट संयुक्त रुपमा वितरण गरिरहेका छन् ।

यस कार्य अन्र्तगत जेष्ठ १५ गते २ हजार १ सय ७२ जना र १६ गते २ हजार ४ सय जना ब्यक्तिहरुलाई उक्त सामग्री उपलब्ध गराईएको थियो । यो कार्य अझै निरन्तर रहने कर्णाली प्रद्रेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र कुमार बासुकला, यूनिसेफका क्षेत्रिय प्रमुख दिपक श्रेष्ठ र बिश्व खाद्य कार्यक्रमका कर्णाली प्रमुख पुर्ण नेपालीले बताउनुभयो ।

कर्णाली प्रदेशमा प्रत्येक दिन १ हजार ५ सय देखि ३ हजार जना भित्रिने गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार