
काठमाडौ : सरकारले आर्थिक बर्ष २०७७/०७८ मा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको जनप्रतिनिधीहरुले बताएका छन् । सबैजसो बजेट केन्द्रमा राखेर स्थानीय तहमा कमै मात्र बजेट विनियोजन गर्दा वास क्षेत्रमा राखेको लक्ष्य पूरा गर्न नसक्ने स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन् ।
आर्थिक वर्ष ०७७/७८ का लागि विनियोजन गरेको खानेपानी, सरसफाइ र स्वच्छताको लागि बजेट र कोभिड महामारी व्यवस्थापनका लागि बजेटले गरेको व्यवस्था सम्बन्धी गैरसरकारी संस्थाले गुथिले गरेको अनलाइन छलफल किर्तिपुर नगरपालिककी सरस्वती खड्काले ढल व्यवस्थापन र सरसफाइका लागि पर्याप्त बजेट नभएको गुनासो गर्नुभयो ।
उहाँले खानेपानीको स्रोत वितरणका लागि पर्याप्त देखिएता पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण तथा व्यवस्थापकीय पक्ष कमजोर भएको हुँदा किर्तिपुरबासीले पानीको अभाव भोग्नु परेको बताउनुभयो ।
सरकारले आगामी आर्थिक बर्षका लागि विनियोजित कुल बजेट मध्ये खानेपानी तर्फ ३४ अरब ५५ करोड र सरसफाइ तर्फ ५ अरब १२ करोड र बागमती सुधारका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
छलफल कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नेपालको कुल बजेटको ११% प्रदेश र स्थानीय तहमा विनियोजित बजेट पर्याप्त नभएको बताउनुभयो । ‘हामीले स्थानीय तहमा भएको न्यूनतम मानब शक्तिलाई अत्याधिक सदुपयोग गरेर काम ग¥यौ भने पनि यो बजेट स्थानीय सरकारका लागि प्रयाप्त देखिदैन । महालक्ष्मी जस्तो नयाँ बनेको नगरपालिकामा खानेपानीको उचित व्यवस्था नभएको अवस्थामा पानी पुन भरण कार्यक्रममा स्थानीय तहले मात्र नभई केन्द्रिय सरकारको संयोजकत्वमा कार्य हुनु जरुरी छ ।’ उहाँले भन्नुभयो ।
कोभिड १९ महामारीको अवस्थालाई मध्यनजर गरी महालक्ष्मी नगरपालिकाले हात धुने स्टेसनलाई प्राथमिकतामा राखेको र सिल सेफ्टि ट्याङ्कीको अवधारणालाई पनि अगाडि बढाईसकेको उहाँले जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरेको छ । कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर यो वर्ष केही छिटो नै विधेयक पारित गरिएको हो । विनियोजन विधेयक पारित भए पनि बजेट आश्रित अन्य तीन विधेयक भने विचाराधीन नै छन् । सदनले असार मसान्तसम्म बजेट पारित गर्न पाउने सुविधा रहन्छ । विनियोजन विधेयक पारितपछि सरकारले राज्य कोषबाट हुने आवश्यक खर्च तथा अख्तियार दिन पाउनेछ । नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै बजेट कार्यान्वयन प्रारम्भ हुनेछ ।


1372 पटक हेरिएको 

