रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – १

 450 पटक हेरिएको

कार्यक्रम पानी, सरसफाइ र जीवन, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो । यो कार्यक्रम हरेक बुधबार बेलुकी ६ बजेदेखि साढे ६ बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्ज र १०१.८ मेगाहर्जनमा प्रसारण हुन्छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, समुदायको मागमा आधारित समुदायकै स्वमित्व/नेतृत्व, व्यवस्थापन र सहभागितात्मक अवधारणाको प्रबर्द्वन गर्ने उद्देश्यले नेपाल सरकारद्धारा विकास समिति ऐन २०१३ अन्तर्गत २०५२ साल चैत्र १ गते स्थापना भएको हो । कोष विकास समितिले परम्परागत खानेपानी र सरसफाइ आपूर्ति तथा वितरण प्रणालीमा परिवर्तन ल्याई समुदायको मागमा आधारित तथा सहभागितामूलक विकास अवधारणा अबलम्बनद्धारा ग्रामीण जनताका लागि सुरक्षित खानेपानी तथा सरसफाइ आयोजनाहरुको निर्माण गर्दै आईरहेको छ ।

कार्यक्रम पानी, सरसफाइ र जीवनमा हामी परम्परागत खानेपानी तथा सरसफाइ आपूर्ति तथा वितरण प्रणालीमा सुधार ल्याउन, समुदायको मागमा आधारित खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयन गर्न कोष विकास समितिले अबलम्बन गरिरहेको प्रक्रिया, ढाँचा र विधिका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौं ।

पहिलो अंकका बिषयहरु  

♦ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेपानी तथा सरसफाइ आयोजनामा परेको असर र रेडियो कार्यक्रममा समेटिने बिषयवस्तुका बिषयमा कोष विकास समितिका कार्यकारी निर्देशक चोक धितालसँग गरिएको कुराकानी ।

♦ खानेपानी तथा सरसफाइ आयोजनामा उत्पन्न गुनासाहरु सुनुवाईका लागि कोष विकास समितिले तयार पारेको गुनासो संयन्त्रका बिषयमा सूचना अधिकारी एवं मानव संसाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीसँग गरिएको कुराकानी ।

♦ र सामाजिक सचेतनामूलक सन्देशहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार