कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – २

यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको दोस्रो अंक हो ।

यो कार्यक्रम ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो । कार्यक्रम पानी, सरसफाइ र जीवन हरेक बुधबार बेलुकी ६ बजे रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा सुन्न सक्नुहुन्छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, २०५२ सालमा नेपाल सरकारद्धारा विकास समिति ऐन २०१३ अन्तर्गत स्थापना भएको हो । समितिले समुदायको मागमा आधारित, समुदायकै नेतृत्व, व्यवस्थापन र सहभागितामा खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण गर्दै आईरहेको छ ।

कार्यक्रम पानी, सरसफाइ र जीवनमा हामी खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौं ।

दोस्रो अंकको कार्यक्रममा समेटिएका बिषयवस्तुहरु :

♦ पाँचथरको फिदिम नगरपालिका वडा नं. ११ मा सन्चालित जलबर्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट ६९ घरपरिवार लाभान्वित भएका छन् । तर बर्खाको समयमा भने सुरक्षित खानेपानी पिउन पाउँदैनन् । यो समस्या समाधानका लागि फण्डबोर्डको बाटो हेरिरहेको छ ।

♦ नेपाल सरकार र विश्व बैंक बीच ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालनका लागि भएको सम्झौता ६ महिना थप गरिएको छ । कोष विकास समिति अन्तर्गत सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु अब पुस मसान्तभित्र सम्पन्न गर्दा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार