यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको तेस्रो अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्छौ ।
तेस्रो अंकमा समेटिएका बिषयवस्तुहरु :
♦ झापामा रहेको सहारा नेपाल नामक संस्थाले दशौं समूह अन्तर्गत ६ वटा खानेपानी तथा सरसफाइ आयोजनाको जिम्मेवारी पाएकोमा तीन वटा आयोजना सम्पन्न गरिसकेको बिषयमा तयार पारिएको रिपोर्ट ।
♦ फण्ड बोर्डले विश्व बैंकसँगको समझदारीमा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्नुपर्ने म्याद पुससम्मका लागि थप गरिएको छ । थप गरिएको समयभित्र पनि काम सम्पन्न नगर्ने संस्थालाई कस्तो कार्वाही हुन्छ ? बोर्डका कार्यकारी समितिका सदस्य सहदेव बोगटीसँग गरिएको कुराकानी ।


1237 पटक हेरिएको 

