यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको चौथो अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।
चौथो अंकमा समेटिएका मूल बिषयवस्तुहरु
♦ उदयपुरको बेलका नगरपालिका ५ डाँडागाउँमा, खानेपानी तथा सरसफाइ आयोजना बनेपछि घण्टौं लगाएर पानी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । घरघरमै खानेपानी पुगेपछि तरकारी खेती तथा अन्य आयमूलक काम गर्न थालेका छन् । खानेपानीकै कारण महिला शसक्तिकरणमा समेत टेवा पुगेको छ । यस सम्बन्धी रिपोर्ट ।
♦ खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्न सहयोगी संस्था र उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसका साथै समुदायका लागि आवश्यक भएको, समुदायले मागेको, समुदायकै नेतृत्व र व्यवस्थापन भएको पनि हुनुपर्छ भन्नुहुन्छ शान्ति जनआदर्श सेवा केन्द्र काभ्रेका अध्यक्ष शंख बुद्ध लामा । उहाँसँग खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्न सहयोगी संस्था र उपभोक्ता समितिको भूमिका तथा ढिलाई हुनुका कारण लगायतका बिषयमा गरिएको कुराकानी ।


1100 पटक हेरिएको 

