काठमाडौ : घरमै बसी बसी तपाई हामी बस्ने स्थान र प्रयोगमा आईरहने वस्तुहरु क्लोरिनको प्रयोग गरी निसंक्रमण गर्ने विधि (Chlorine Disinfection : Preparation and Use) का बारेमा जानकारी हासिल गर्न चाहनुहुन्छ भने वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यस सम्बन्धी वेबिनारको आयोजना गर्दैछ ।
यही जुलाई २४ तारिख, तदानुसार साउन ९ गते शुक्रबारका दिन २ बजेदेखि ४ बजेसम्म आयोजना हुने वेबिनारका लागि तपाईले अहिले नै अनलाइन दर्ता गर्न सक्नुहुन्छ । दर्ता गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://zoom.us/webinar/register/WN_JA2oNJ5PSo6GiMJ2VbL2ww
वेबिनारका प्रमुख वक्ता एन्फोका प्राविधिक सल्लाहकार डा. अम्रेश प्रसाद कर्माचार्य हुनुहुन्छ भने प्रस्तुतकर्ता एन्फोकी सहायक वास तालिम अधिकृत सबुना गमाल हुनुुहुन्छ । वेबिनारको सञ्चालन एन्फोकै तालिम अधिकृत सुबास के.सी.ले गर्नुहुनेछ ।


1933 पटक हेरिएको 

