यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको छैटौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।
छैटौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु :
♦ खानेपानी र सरसफाइ सुविधाले उदयपुरको तीनतले गाउँ स्वर्गजस्तै, विदेश बसाईपछि गाउँ फर्केका युवा समेत दंग यस सम्बन्धी रिपोर्ट ।
♦ स्वच्छ र सफा क्षेत्र घोषणाका लागि सञ्चालन गरिने अभियान र घोषणा पछिको अवस्थाका बारेमा समाजसेवी समूह नेपालका टिम लिडर विनोद कुमार कार्कीसँग गरिएको कुराकानी ।
♦ साथमा गुनासो सुनुवाई तथा कोरोना संक्रमणबाट बच्ने उपायका बिषयमा तयार पारिएका सचेतना सन्देश ।


1161 पटक हेरिएको 

