रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – ७

यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको सातौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।

सातौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु :

♦  कोरोना भाइरसले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पारेको असर र दिर्घकालीन लक्ष्य प्राप्त गर्न खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील संघसंस्थाको भूमिकाका बिषयमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दाससँग गरिएको कुराकानी ।

♦  झाडापखाला लाग्ने कारण र रोकथामका उपायका बिषयमा तयार पारिएको लघु नाटक।

♦  कोभिड १९ प्रतिकार्यका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले गरिरहेको काम र कोभिडको अल्पकालीन तथा दिर्घकालीन असर न्यूनीकरणका लागि मन्त्रालयको योजनाका बिषयमा खानेपानी मन्त्रालयका उपसचिव रजित ओझासँग गरिएको कुराकानी ।

♦ साथमा गुनासो सुनुवाई तथा कोरोना संक्रमणबाट बच्ने उपायका बिषयमा तयार पारिएका सचेतना सन्देश ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार