यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको आठौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।
आठौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु :
♦ ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) सँग काम गर्दा सहयोगी संस्थाहरुले हासिल गरेको अनुभवबारे रिपोर्ट ।
♦ फण्ड बोर्डले के दियो ? के भन्छन् स्थानीय बासिन्दा ? यस सम्बन्धी जनमत ।
♦ ग्रामीण भेगमा खानेपानीको पहुँच पुर्याउन फण्ड बोर्डले पुर्याएको योगदान र अबको मोडालिटी बारे बोर्ड सदस्य एवं निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानासँग गरिएको कुराकानी ।
♦ साथमा गुनासो सुनुवाई तथा कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना सन्देश ।