गिनिज वर्ल्ड रेकर्डमा सगरमाथा सरसफाइ अभियान

🔗
27
Shares

काठमाडौ : ‘सगरमाथा सरसफाइ अभियान’ गिनिज बुकमा रेकर्ड राख्न सफल भएको छ । १४ अप्रिल देखि २९ मे २०१९ सम्म चलेको अभियान गिनिज वर्ल्ड रेकर्ड बनेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । यो अभियानलाई ‘वृहत सरसफाइ अभियान’का रुपमा मान्यता दिएको हो सचिव अधिकारीले भन्नुभयो । गत वर्ष सगरमाथामा गरिएको यो अभियानका दौरान १० हजार ३ सय ८६ किलो फोहोर संकलन गरिएको थियो ।

सरसफाइ अभियानमा सगरमाथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, टान, नेपाली सेना, खुम्बु पासाङल्हमू गाउँपालिका तथा तथा अन्य सरोकारवाला संघसंस्था खटिएका थिए । सगरमाथाको आधारशिविरभन्दा माथिको फोहोर संकलनका लागि भने तालिम प्राप्त शेर्पा हरु खटिएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार