खानेपानीले गोमाको जीवन कायापलट

 639 पटक हेरिएको


संगिता गिरी दास, काभ्रे : महाभारत गाउँपालिकाबाट काभ्रेको बेथानचोक गाउँपालिका वडा न. –५ मा बिहे गरेर आउँदा गोमा तामाङले कहीं नभोगेको खानेपानीको महाभारत खेप्नुपर्‍यो । बर्खा मौसममा जताततै पानी बगे पनि हिउँद मौसममा पानी सुकेर ठप्प हुन्थ्यो । कहिलेकाहीं त उहाँलाई लाग्थ्यो रे ‘यस्तो खानेपानीको अभाव भएको ठाउँमा पनि के गरिखान सकिएला र ?’ भविश्य सम्झेर उहाँ दिक्क मान्नुहुन्थ्यो ‘बर्षातमा जताततै पानीको मुहान जस्तो देखेपनि हिउँदमा खै कहाँ जान्थ्यो ? पत्तै नहुने, भएका पानीको मुहान पनि अव्यवस्थित थियो ।’ पुराना दिन सम्झिदै गोमा भन्नुहुन्छ ‘स्वास्थ्य, शिक्षा तथा सरसफाइमा ध्यान दिनुपर्छ भन्ने चेतना अधिकांश बासिन्दालाई थिएन । गाउँका धेरैजसो युवाहरु आफ्नो भविश्य खोज्न विदेसिन्थे ।’

उहाँ भन्नुहुन्छ ‘बार्षिक डेढ देखि दुई लाख सम्म आम्दानी गर्छु । खानेपानीको सहजआपूर्तिले यो सम्भव भएको हो ।’ आफूले उत्पादन गरेको तरकारी बेच्नलाई पनि गाह्रो नभएको र व्यापारीले सडक सम्म आएर तरकारी उठाउने गरेको उहाँ बताउनुहुन्छ ।

ज्याला मजदुरीले मात्र परिवार धान्न धौ धौ परे पछि गोमाकी श्रीमान् पनि ऋणपान गरेर विदेश जानुभयो । अब ससुरा र पाँच सन्तानको जिम्मेवारी गोमाको काँधमा आयो । श्रीमान हुँदासम्म जेनतेन चलाउँदै आएको परिवारको बोझले गोमा एक्लैलाई थिच्न थालेपछि घर खर्च धान्न पनि सा¥है गा¥हो प¥यो । तर अहिले गोमाको जीवनमा सम्पन्नता छाएको छ ।

गोमाको जीवनमा आएको सम्पन्नताको बाटो ‘खानेपानी’

२०७३ साल असार २१ गतेका दिन ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा सहयोगी संस्था परोपकार प्रथामिक उपचार केन्द्र (PPUK) को पहलमा त्रिपक्षिय सम्झौता भई च्यासिंखर्क खानेपानी तथा सरसफाइ आयोजनाको बिकास चरण शुरु भयो । यस आयोजना कार्यान्वयन पूरा भए संगै ७२ घरधुरीका जम्मा ४ सय ५७ जना स्वच्छ खानेपानीबाट लाभान्वित भए । यसै आयोजनाका महिलाहरुको स्वास्थ्य तथा सरसफाइका साथै आर्थिक उन्नतिमा सुधार ल्याउने र आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने हेतुले २०७३ साल भदौ १५ गते कोष विकास समितिको जीविका कार्यक्रम अन्तर्गत कपेरश्वर महिला प्राबिधिक सहयोग सेवा समुह (WTSS) गठन भयो ।

समूहमा ६० जना सदस्यहरु आबद्ध छन् । यो समुहमा प्रति व्यक्ति मासिक ५० रुपैयाँको दरले बचत गरी हाल सम्ममा १ लाख २० हजार रुपैयाँ बचत भई सकेको छ । समूहमा बचत भएको रकमबाट समूहका सदस्यहरुले विभिन्न आयमुलक कामहरु जस्तै कुखुरापालन, तरकारी खेती, पशुपालन तथा स्वास्थ्य उपचार र सामाजिक कार्य जस्ता भैपरी आउने कामका लागि ऋण लिई लाभ लिईरहेका छन् । लाभान्वित हुनेहरु मध्येकी एक हुनुहुन्छ गोमा तामाङ ।

खानेपानी आयोजना आउनु भन्दा अगाडिको काकाकुल अवस्थामा अरु महिला जस्तै उहाँको सर्वाधिक समय खानेपानी ओसार्नकै लागि खर्च हुन्थ्यो । पानीको समस्या हल भएपछि र कपेरश्वर महिला प्राबिधिक सहयोग सेवा समुहको सदस्य भए पछि उहाँले सुरुमा ५ हजार रुपैँया ऋण लिई बन्दा, काउली र गोलभेडा खेती शुरु गर्नुभयो । यसबाट कमाएर उहाँले समयमै ऋण चुक्ता गरी फेरी दोस्रो पटक १० हजार रुपैयाँ ऋण लिई करेसाबारी सँगै टनेल प्रविधिबाट गोलभेडा, धनिया आदिको खेती गर्नुभयो ।

उहाँ भन्नुहुन्छ ‘बार्षिक डेढ देखि दुई लाख सम्म आम्दानी गर्छु । खानेपानीको सहजआपूर्तिले यो सम्भव भएको हो ।’ आफूले उत्पादन गरेको तरकारी बेच्नलाई पनि गाह्रो नभएको र व्यापारीले सडक सम्म आएर तरकारी उठाउने गरेको उहाँ बताउनुहुन्छ । फुर्सदको समय तथा इमान्दारिपूर्वक गरेको आफ्नो परिश्रमको संयोजनबाट उहाँ अहिले मनग्य आम्दानी लिन सफल हुनुभएको छ ।

जेठी छोरीको बिहे भइ सकेको र बाँकी दुई छोरी र दुई छोराहरुको पढाई खर्च जुटाउन, घर खर्च टार्न, श्रीमानकोे बैदेशिक रोजगारीको कमाईमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य भएकोले उहाँ उत्साहित हुनुहुन्छ र अझै आम्दानी बढाउने लक्ष्य राख्नुभएके छ । ‘पहिला खानेपानी नहुँदा सम्पुर्ण वातावरण दुषित थियो, जताततै फोहोर देखिन्थ्यो । चर्पी दुर्गन्धित थियो । गर्मी सिजन आएपछि सरुवा रोगले धेरै जना ग्रसित हुन्थे । औषधि उपचार गर्न धेरै खर्च लाग्ने गथ्र्यो तर अहिले यस्ता सबै समस्याहरुको समाधान खानेपानीले गरेको छ । प्रत्येक घर घरमा धाराबाट स्वच्छ पानी झरेको छ । च्याासिंखर्क तथा च्याल्टी गाउँका बासिन्दाहरुको जीबन तथा मुहार फेरिएको छ ।’

खानेपानी तथा सरसफाइ आयोजना पछि यहाँका अधिकांश मानिसहरु कृषि पेसामा आश्रित हुने वातावरण बनेको र त्यस मध्येमा पनि गोमा तामाङ एक प्रेरणादायी महिला बन्नुभएको सहयोगी संस्था, परोपकार प्राथमिक उपचार केन्द्रकी टिम लिडर हिमा लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार गोमाले जस्तै अन्य महिलाहरुले पनि धाराबाट बगेर खेर गएको पानी करेसाबारीमा लगाई बचेको समयको सदुपयोग गर्दै बिभिन्न किसिमको तरकारी खेती गर्ने, कुखुरा तथा बाख्रा पालन गर्दै आईरहेका छन् साथै आफ्नो बालबालिकाहरु लाई पनि समयमा नै खाना खुवाएर बिद्यालयमा पठाउन थालेका छन् । शिक्षा क्षेत्रमा पहिलेको तुलनामा सुधार आएको छ र सामाजिक क्षेत्रमा पनि स्थानीय तहका विभिन्न पार्टी प्रतिनिधिहरु, समाजसेवी, वुद्धिजिवी, शिक्षक र अन्य सरोकारवालाहरुको संलग्नता, समन्वय र सव्रिmयतामा वृद्वि भएको देखिन्छ ।

लेखक, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार