काठमाडौ : तपाई सरसफाइ अभियन्ता हुनुहुन्छ र सरसफाइ क्षेत्रमा विगत धेरै बर्षदेखि क्रियाशील हुनुहुन्छ भने तपाईलाई लाग्दो हो, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार नै आएन । हो तपाईले अपेक्षा गरेजत्ति सुधार नआएको हुनसक्छ । तर सुधार हुने क्रममा छ । जुनसुकै क्षेत्रको परिवर्तन हुन समय लाग्छ । झनै वातावरणीय स्वास्थ्यमा त चाँडै सुधार हुँदै हुँदैन ।
मंगलाराल्टोमा स्वास्थ्यकर्मीहरुले पहिले हैजालाई पुनर्जलीय झोल दिएर उपचार गर्यो र पछि पानीको स्रोत नै सफा पार्ने काम गरेर रोकथाम गर्ने प्रयास गरियो । पछि आएर उनीहरूले समूहगत रूपले खानेपानी प्रणाली र खाल्टी चपी निर्माण गरेर दीर्घकालीन रूपले समस्या समाधान गरे । तर यी सबै काम धेरै समय पछाडि जब उनीहरूको गाउँमा ठूलो समुद्री आँधी आएर सबै विकासका पूर्वाधारहरूलाई बगाएर लगिसकेपछि भूक्षय र बाढीको कारणले भएको भन्ने बुझे । जुनचाहिं अति वन फडानीको कारणले भएको भनेर थाहा पाए । दीर्घकालीन परिवर्तन ल्याउनका लागि उनीहरूलाई समस्याको मूल कारण बुझन आवश्यक भयो ।
कहिलेकाहीं सफल हुनका लागि हामीले धेरै संघर्ष र धेरै पटकको असफलता पछि मात्र सफलता प्राप्त हुन्छ । प्रायः हामीले के – के ले राम्रो काम किन गर्दछ भन्ने कुरा केकेले काम गर्दैन भन्नेबाट सिक्दछौं। वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन समय लाग्दछ जसको लागि निम्न चारवटा परिवर्तन ल्याउनु आवश्यक पर्छ ।
♦ पूर्वाधारहरूको विकासमा परिवर्तनः खानेपानी प्रणाली, घर वा अन्य निर्माणहरूमा परिवर्तन ।
♦ उपभोगशैलीमा परिवर्तनः सामग्री किनमेल गर्दा बट्टामा प्याक गरेका सामानहरू नकिन्ने, हानीकारक सफाई गर्ने रसायनहरू र प्लाष्टिकहरूको खोलमा राखेको सामानहरू नकिन्ने र उपभोग नगर्ने प्रवृत्तिको विकास गरेर ।
♦ व्यवहारमा परिवर्तन हाम्रो व्यवहारमा परिवर्तनु जरुरी छ । जस्तैस् सँधै सावुन पानीले हात धुने, पुनः प्रशोधनको लागि फोहरलाई स्रोतले छुट्याउने वा नयाँ तरीकाबाट बालीनाली उब्जाउने प्रवृत्तिको विकास गर्ने ।
♦ राजनैतिक परिवर्तनः निर्णय प्रक्रियामा स्थानीय मानिस, संस्थाहरू, केन्द्रीय सरकार र अन्यबीचमा शक्ति बाँडफोडमा परिवर्तन जसले वातावरणलाई असर पार्दछ ।
वातावरणीय स्वास्थ्यका लागि परिचालन
वर्षौंदेखि इक्वाडोरको तटिय क्षेत्रका हिल्लामे पहाडमा गरिबी र विकट क्षेत्रमा बस्दै आएकोले धेरै मानिसहरू दुखी थिए । उनीहरूलाई आफ्नो जीवन कसरी उकास्ने बारे जानकारी थिएनन् । हरेक दिन कठिन थियो र मानिसमा नयाँ र राम्रो भविष्यको कल्पना गर्न पनि विश्वास गर्न सक्ने स्थिति थिएन ।
ग्लोरिया र सबैका लागि स्वास्थ्य कार्यक्रमका अन्य स्वास्थ्यकर्मी साथीहरूले हैजा जस्तो तत्काल स्वास्थ्य समस्या समाधानका लागि काम गर्ने क्रममा धेरै जनाको ज्यान जोगाएको थियो । स्वास्थ्य प्रवर्द्धक, स्थानीय संघ संस्था र गाउँलेहरूको सहकार्यबाट प्राप्त गरेको हैजा जस्तो महामारी रोक्न पाएको सफलताले गर्दा उनीहरूलाई अन्य समस्याहरूसँग लड्न सक्ने अझ बढी विश्वस्त एवं तयार हुन बल पुग्यो । जुनबेला ठूलो समुद्री आँधीले गरेका सबैजसो कामलाई क्षति पुयाई दिएका बेला गाउँलेहरू समूहगत तरीकाले परिचालित भएर ती क्षतिको पीडाबाट मुक्ति पाउन सफल भए । त्यसपछि उनीहरू अन्य समस्या समाधानका लागि अग्रसर भए । उनीहरूको कामले नै आज एउटा स्वस्थ्य समुदायको रूपमा परिणत भईकन सबै उज्जवल भविष्य बनाउनेतर्फ लागिरहेको छ ।
सिकाइ र परिचालनका लागि कार्यक्रमहरू
सामूहिक रूपमा गरेको कामले मानिसलाई स्वास्थ्य समस्याको मूल कारण बुझन र परिवर्तनका लागि योजना बनाउन सहयोग पुयाउँदछ । कुन कार्यक्रम लागू गर्ने भन्ने कुरा, के जान्नु पर्ने रु के गर्न खोजिएको छ रु के गर्न खोजिएको र यसका लागि के के स्रोत उपलब्ध छ, आदि कुरामा निर्भर गर्दछ । कार्यक्रमहरू यसप्रकार हुन सक्दछ ।
♦ साझा समस्या पहिचान गर्न मानिसलाई एकतृत पार्ने ।
♦ मानिसहरूको लागि सबभन्दा बढी आवश्यक कुरा पत्ता लगाउने ।
♦ स्वास्थ्य समस्या निम्त्याउने कारणहरूबारे जानकारी संकलन गर्ने ।
♦ तत्कालीन समस्या र यसको मूल कारण पत्ता लगाउन विश्लेषण गर्ने ।
समुदायको सबै विचारहरू एकतृत गर्ने । परियोजनामा सबैको विचारहरू समावेश गर्न नसकेसम्म सफल मान्न सकिंदैन । मानिसको विचारलाई बेवास्ता गरेमा उनीहरू मद्दत गर्न चाहँदैन ।
प्रायःगरी वातावरणीय स्वास्थ्य एउटा सामुदायिक मुद्दा हुने गरेको पाइन्छ । जसको सुधारको लागि मानिसहरू सँगै मिलेर काम गर्नुपर्ने हुन्छ । जहाँसम्म लक्ष्य एउटा महामारीबाट हुने क्षतिलाई कम गर्नुहोस्, सामुदायिक बगैंचा बनाउनलाई होस्, खानी वा उद्योग नजिक बसोबास गरिरहेको मानिसको स्वास्थ्य वा सुरक्षाको लागि होस् वा अन्य कुनै वातावरणीय स्वास्थ्यको मुद्दा नै किन नहोस्, धेरै मानिसको समस्याप्रतिको साझा सामूहिक बुझाई र समाधानका लागि सामूहिक प्रतिबद्धता जाहेर भएमा धेरै सफलता पाउन सकिन्छ ।