
काठमाडौ : आन्द्रामा हुने धेरैजसो रोगहरू फोहर खानेकुराको कारणले लाग्ने गर्छन्। कुनै-कुनै बेला बाली काट्ने, अन्न थन्क्याउने मानिसहरूको हातबाट रोगका कटाणुहरू खानेकुरामा सर्दछन्। कहिलेकांही हावामा भएका किटाणुहरू खानेकुरामा फैलन्छन् र त्यो खाना बिग्रन्छ । खाना राम्ररी नपकाएमा, नथन्क्याएमा पुरानो भएमा पनि यसो हुनजान्छ ।
खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि :
खाना पकाउनुअगि, खाना खानुअगाडि र केटाकेटीलाई खाना खुवाउनुअगि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन
काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र रोकिन्छ र हात पुछ्न एउटा सफा खानुहोस्। टालो राख्ने गर्नुहोस््र
खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने बुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन ।
♦ काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन।
♦ मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।
♦ खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस्।
♦ बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।
खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन् :
♦ नमीठो गन्ध ।
♦ खानाको रङ्ग परिवर्तन हुनु । उदाहरणका लागि काँचो मासुको रङ्ग रातोबाट खैरोमा बदलिन्छ ।
♦ नराम्रो गन्धसहित माथिल्लो तहमा धेरै फोका उठ्नु, जस्तै झोल भएका पुराना (बासी) तरकारीहरूमा देखिन्छ ।
♦ मासु तथा पकाएको खानेकुराको माथिल्लो तहमा काइ (लेउ) जम्नु ।
पकाएको खाना
खाना पकाउँदा त्यसमा भएका किटाणुहरू मर्छन्। सबै प्रकारका माछा, मासुहरू राम्ररी पकाउनुपर्छ । कुनै भाग पनि काँचो हुनुहुँदैन ।
जब खाना सेलाउन थाल्छ, तब किटाणुहरूले आक्रमण गर्न सुरु गर्छन्। यदि पकाएको दुई घण्टाभित्र खाना खाइँदैन भने त्यसलाई फेरि राम्ररी तताउनुपर्छ । झोल पदार्थहरू उम्लिने गरी र भातजस्ता ठोस कुराहरू बाफ आउने गरी तताउनुपर्छ ।
खानेकुरा छनौट गर्दा ध्यान दिनुपर्ने केही कुराहरू ताजा (काँचो) खानेकुराहरू :
♦ ताजा र मौसमअनुरूप हुनुपर्छ ।
♦ खानामा दाग र किरा लागेको हुनुहुँदैन ।
♦ सफा हुनुपर्छ– फोहोर लागेको हुनुहुँदैन ।
♦ ताजा र गन्धरहित हुनुपर्छ– विशेष गरी माछा, सिपी ९कजभििाष्कज० र मासुमा गन्ध हुनुहुँदैन ।
प्रशोधन गरिएका (पकाइएका वा पुरिया बन्द) खानेकुराहरू यसरी राखिनु (थन्काइनु) पर्छ :
♦ टिनहरू खिया नलागेका, नकुच्चिएका र नफुटेका हुनुपर्छ ।
♦ सिसाहरू नचर्किएका हुनुपर्छ ।
♦ परिँयाहरू नच्यातिएका हन्पर्छ ।
♦ भाँडा छोप्ने घपनीहरू सफा हुनुपर्छ ।
♦ सकेसम्म ताजा खाना खानुहोस्। खानेकुरा थन्क्याएर राख्नुपर्ने भए झिंगा, किरा र धुलोबाट जोगाउन छोपेर राख्नुपर्छ ।
चिसो ठाउँमा राख्न सके खानेकुरा सुरक्षित रहन्छ । तल व्याख्या गरिएका चिसो राख्ने तरिकाहरू, करण (पानीलाई वाफ बनाएर उडाउने प्रक्रियामा हुनसक्छन् । उपी तरिकहरू एक आधारित छन्। राम्ररी चिस्याउनका लागि खानेकुरा कम गहिरो र फराकिलो भाँडामा राख्ने गर्नुहोस्। माटाका भाँडामा चिस्याउने तरिका : यो दुईवटा भाँडाहरू लिएर तयार गरिन्छ। ठूलो भाडाभित्र एउटा सानो भाँडा राखिन्छ र माझमा पानी भरिन्छ। भाँडामा बिर्का हुनुपर्छ र बाहिरी भाँडामा टल्कने जलप लगाइएको हुनुहुँदैन । यसरी जलप नलाएको भाँडामा पानी सजिलै वास्पीकरण हुनेछ ।
भित्र राखिने सानो भाँडाको भित्रपट्टि भने जलप लगाएको हुनुपर्छ । यसो भयो भने खानेकुरा थन्क्याएको सानो भाँडो। सफा गर्न सजिलो हुनुका साथै बाहिरबाट पानी रसाएर छिर्दैन । यसैगरी बाहिरी ताप पनि रोकिन्छ ।


1199 पटक हेरिएको 

