काठमाडौ : सरकारको क्षेत्रगत नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी Sanitation Hygiene Fund कार्यक्रम सञ्चालन गर्न दिईने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षमा हालै बसेको बैठकले युएन् ह्याबिट्याटलाई Sanitation Hygiene Fund कार्यक्रमको प्राथमिक प्राप्तकर्ताका रुपमा सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रभात श्रेष्ठले जानकारी दिनुभयो । साथै यस प्रक्रियालाई अगाडि बढाउन खानेपानी मन्त्रालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभाग एवं सचिवालयबाट आवश्यक तयारी गर्ने निर्णय गरिएको छ ।
खानेपानी तथा सरसफाइ संयुक्त परिषद (डब्लुएसएससीसी) संचालन समिति बैठकले गत मे महिनामै परिषदको २०२१ –२०२५ नयाँ रणनितिलाई स्यानिटेसन हाइजिन फन्डका रुपमा रुपान्तरण गर्ने निर्णइ गरेको थियो ।
बैठकमा जिएसएफ/युएनह्याबिट्याटकी कार्यक्रम व्यवस्थापक सुधा श्रेष्ठले सन् २०२१ देखि नेपालमा सुरु हुन लागेको Sanitation Hygiene Fund कार्यक्रमका बिषयमा जानकारी दिनुभयो ।
बैठकले खुला दिसामुक्त अभियानमा GSF/UN Habitat ले खेलेको भूमिकालाई धन्यबाद व्यक्त गरेको छ । खुला दिसामुक्त अभियानमा युएनह्याबिट्याटले एक्जुकेटिभ एजेन्सीको भूमिका निर्वाह गरेको थियो । नेपालमा २०१० देखि जिएसएफ/यूएन–हयाबिट्याट मार्फत १८ वटा जिल्लामा सरसफाइ तथा स्वच्छताका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।


1398 पटक हेरिएको 

