
सर्लाही : नगरपालिकाद्वारा सेवाग्राहीलाई प्रदान गरिने सेवालाई सहज बनाउने उद्देश्यले सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाले नागरिक सहायता कक्षा संचालनमा ल्याएको छ । बागमती सेवा समाज नेपाल, सर्लाहीद्वारा अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा संचालित तयार परियोजनाको सहजीकरणमा संचालनमा ल्याइएको उक्त सहायता कक्षको एक समारोहका बीच कार्तिक १९ गते उद्घाटन गर्नुहुँदै नगर प्रमुख मानबहादुर खड्काले सर्वसाधारण जनताले सहायता कक्षबाट फाइदा लिने कुरा बताउनुभयो ।
कोभिड – १९ ले सबैतिर समस्या सृजना गरिरहेको अहिलेको अवस्थामा नगरपालिकाद्वारा प्रवाह गरिने सेवालाई सर्वसाधारणसम्म सहज रुपमा पु¥याउनको लागि सहायता कक्षले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख खड्काले भन्नुभयो “आगामी दिनमा यस कक्षलाई निरन्तरता दिएर जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नगरपालिका सदैव तयार छ ।”
उक्त कार्यक्रममा लालबन्दी नगरपालिका उपप्रमुख शान्ति लामा, वडाध्यक्षहरु उज्वल कार्की, गोरखबहादुर बल, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, बागमती सेवा समाज नेपालका व्यवस्थापन प्रमुख गजेन्द्र साह, तयार परियोजनाका निराजन चौधरी आदिले समेत आफ्नो धारणा राख्नुभएको थियो ।


921 पटक हेरिएको 

