इन्जिनियरिङ क्षेत्रका चार अवधारणा ने.ई.ए. इनोभेसन सपोर्टका लागि छनौट

 289 पटक हेरिएको

ललितपुर : नेपाल इन्जिनियर्स एशोसिएसन वागमती प्रदेश कार्यकारिणी समितिले इन्जिनियरिङ क्षेत्रका चार वटा अवधारणालाई ने।ई।ए। बागमती इनोभेसन सपोर्ट २०७७ प्रदान गर्ने भएको छ । प्राप्त प्रस्तावहरु मध्ये ‘Overview Of IOT based Closed Environment Hydroponics System (I-CEHS)’, ‘Fertilizer Sprayer Wheelie’, ‘Fabrication and Analysis of mechanical compatibility of cellulose nano crystals (CNCs) reinforced polyurethane composites for orthopedic implants’, ‘Agriculture supply chain – IT integration’ ‘‘ने.ई.ए. बागमती इनोभेसन सपोर्ट २०७७” छनौटमा परेको हो । अन्य ३ वटा प्रस्तावहरु भने बैकल्पिकमा परेका छन् । प्राप्त प्रस्तावहरु मध्ये १२ वटा प्रस्ताव प्रस्तुतीकरणमा सहभागी भएका थिए ।

आवेदकहरुको प्रस्ताव, अनुसन्धानको डिजाइन र सम्भाव्यता, अपेक्षित परिणामको महत्व, अनुसन्धान/प्रोडक्ट, शैक्षिक योग्यता, अनुसन्धान अनुभव र प्रस्तुतिकरणबाट प्राप्त भएको उच्चतम अंकका आधारमा एशोसिएसन अन्तर्गतको नवप्रवर्तन पुरस्कार छनौट समितिले इनोभेसन सपोर्ट प्रदान गर्न सिफारिस गरेको थियो । एशोसिएसन समक्ष प्राप्त सिफारीसलाई १० गते बसेको वागमती प्रदेश कार्यकारिणी समितिको बैठकले समेत अनुमोदन गरिएको हो ।

सात सदस्यीय नवप्रवर्तन पुरस्कार छनौट समितितर्फ ने.ई.ए. बागमती प्रदेशका सभापति ई नन्दलाल बन्जाडे, टेक्निकल कमिटीका संयोजक डा नारायण चौलागाईं, सदस्य सचिव ई. सुरज गौतम, इन्फ्रास्ट्रक्चर प्लालिङ कमिटीका संयोजक ब्रिन्दा श्रेष्ठ, सदस्य सचिव ई. मदन खकुरेल र रिसर्च एण्ड डेभलप्मेन्ट कमिटीको संयोजक ई.देउकाजी गुरुङ, सदस्य सचिव ई.सरोज कुमार कार्की रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार