
काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे ।
सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने अध्यक्ष तिमल्सेनाको भनाइ थियो । बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागिरहनुभएका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीले विचार, समस्या एवं वाग्मती नदी र अन्य सहायक नदीको संरक्षण एवं सुधारका सम्बन्धमा सुझाव दिए ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ ।


2140 पटक हेरिएको 

