
बर्दिया : सरसफाइ अति महत्वपुर्ण विषय हो । सरसफाइले स्वस्थ रहन अहम भुमिका खेल्दछ र व्यक्ति स्वस्थ भएमा मात्र जीवनको लक्ष्य प्राप्ति गर्न सम्भव छ । विश्वमा दिनानु दिन नयाँ–नयाँ सर्ने तथा नसर्ने रोगहरु जन्मिरहेका छन् जसले ब्यक्तिको स्वास्थ्यमा गम्भिर खालको असर मात्र नभएर ज्यानै लिएको देखिन्छ । जसको मूल कारण सरसफाइ प्रति चिन्तन र ज्ञानको कमी हो अर्थात पुर्ण सरसफाइ ब्यवस्थापन र ब्यक्तिको आनीबानीमा परिबर्तन हुन नसक्नु हो ।
यसर्थ संसारका सबै राष्ट्रहरुमा पूर्ण सरसफाइ सम्बन्धी मुद्दामा कार्यक्रम अभियानहरु सञ्चालन गरिरहेका छन् । नेपालमा पनि आधारभुत सरसफाइ अभियान सञ्चालनकै कारण शत प्रतिशत घरधुरीमा आधारभुत सरसफाइको पहुँच पुगिसकेको छ । आधारभुत सरसफाइको पहुँच पुगेका क्षेत्रमा पूर्ण सरसफाइ अभियानहरु सञ्चालन भईरहेका छन् ।
बर्दिया जिल्ला तराइको पहिलो जिल्लाको रुपमा खुल्ला दिसा मूक्त घोषणा भइसकेपछि जिल्लाको रणनीतिक योजना सन् २०१६–२०२० लिई पूर्ण सरसफाइ अभियानमा छ । स्थानीय स्तरका समितिहरु समुदाय, वडा, गाउँपालिका, नगरपालिकाहरुको नेतृत्वमा र विभिन्न संघसंस्थाहरुको सहजीकरणमा संञ्चालन भइरहेको यो अभियानले जिल्लाका ठाउँ ठाउँमा पूर्ण सरसफाइ नमूना समुदाय विकास गरी अघि बढिरहेको छ । GSF/UN HABITAT को सहयोग तथा IDS Nepal/MAYUS Bardiya को सहजीकरणमा गेरुवा र बढैयाताल गाँउपालिकामा करिब १७ वटा नमुना बस्तीको विकास भईसकेका छन् । ती नमूना बस्तीहरुमा पूर्ण सरसफाइका सबै सूचकहरु पुरा भएका त छन नै यसको दिगोपनाको लागि गाउँपालिका वडा तथा समुदायको स्वामित्व र आचारसंहिताका अतिरिक्त सरसफाइ कोष निर्माण÷विकास, पनि एक बनेको छ । सरसफाइ कोषले एकता, एकरुपता तथा अभियान सञ्चालन गर्न सहज मात्र नभई कोषको वृद्धि भएमा समुदायका अन्य समस्या समाधान तथा जिविकोपार्जन कार्यक्रममा प्रयोग गर्ने र सरसफाइलाई दिगो बनाउने मान्यता छ ।
सरसफाइ कोषले जिविकोपाजर्नमा सहयोग
२०७४ साल भदौमा गठन भएको र मासिक रुपमा ५० रुपैयाँको दरले रकम जम्मा गर्ने बढैयाताल गाउँपालिका वडा नं. ६ को नमुना विकसित समुदाय जीपुरले झन्डै सवा एक लाख बराबरको कोष बनाइसकेको छ । “मासिक रुपमा मात्र नभइ अन्य उपाय अपनाइ (दान पेटिका, जरिवाना, सांस्कृतिक कार्यक्रम भ्रमण शुल्क) आफ्नो कोष वृद्धि गरेको र जम्मा भएको रकम सरसफाइमा खर्च गर्नुको अलावा भोज/भतेरमा प्रयोग हुने टेन्ट, कुर्चि, भाँडाकुडा, साउण्ड सिस्टम किनेको र भाडाका दिएर कोषको बृद्धि गर्ने गरेको जीपुर समुदायका अध्यक्ष खुमी थापा मगरले बताउनुभयो । उहाँका अनुसार यस्तो रकम जिविकोपार्जनको काममा समेत न्यूनतम ब्याजदरमा ऋण लगानी गरिएको छ ।
दिगो सरसफाइलाई मध्यनजर गरी सहयोग र सहजीकरण गर्ने संस्थाहरुले सरसफाइ कोषको महत्व र अवधारणा सहजीकरण गर्नु मात्र नभइ सुरुवाती चरणमा कोष विकास गर्न सबै समुदायमा वीउ पुँजीको रुपमा खाता खोल्न लगाइ पाँच हजारका दरले रकम उपलब्ध गराईएको छ । “हामीलाई बीउ पूँजी बापत ५ हजार रकम प्राप्त भएको थियो, साथै मासिक तवरले रकम उठाइ तथा अन्य कृयाकलापबाट पनि रकम जम्मा गरेका छौ’ अध्यक्ष थापाले भन्नुभयो ।
कोषको स्थापना भएपछि औषधी उपचार गराउन पनि ऋण उपलब्ध गराउँदै आएको शान्तिपुर जमुनी सरसफाइ नमुना टोलका अध्यक्ष मनु वि.सि.ले बताउनुभयो । सामाजिक एकरुपता एकता तथा सरसफाइमा एक बोली र अभियानलाइ दिगो बनाउन सहज हुने भएकोले सरसफाइ कोषको अबधारणा ल्याईएको हो । स्रोत केन्द्रको निर्माण, विभिन्न प्रकारका तालिम घरेलु प्याड निर्माण, ईकोसान विधि, आदिको लागि पनि समुदायले खर्च गर्न सक्ने हुनाले यो अति नै प्रभावकारी रहेको पाईएको छ । बढैयाताल गा.पा.६ को रानीपुरको समुदायको समितिले कोषबाटै रकम खर्च गरी पानीको P/A Vial Test समेत गराएका छन् ।
सरसफाइ कोष निर्माण तथा विकास
समग्रमा, वर्दियामा वनेका सरसफाइका नमुना टोलका व्यक्तिहरुसंगको छलफल र अवलोकन पछि सरसफाइ कोष निर्माण तथा विकास प्रक्रिया र स्रोत र महत्वहरु निम्न प्रकारका भेट्टिएको छन
♦ सरसफाइ कोष निर्माण तथा विकास प्रक्रिया र स्रोतहरुः सहयोग र सहजीकरण गर्ने संस्थाले समुदायलाई बैंकमा समुदायको नाममा खाता खोल्न लगाई विउंपंूजीरकम उपलब्ध गराए पछि समुदायले कोष वृद्धिका लागी निम्न स्रोतहरु अपनाएको देखिन्छ ।
♦ मासिक रुपमा रकम संकलन :– समुदायका प्रत्येक घरधुरीले समुदायको दिगो सरसफाइको कार्यक्रमकै लागि भनेर मासिक रुपमा बैठक वसी समुदायले नै निर्धारण गरेको रकम संकलन गरि जम्मा गर्ने गर्दछन ।
♦ सांस्कृतिक कार्यक्रमको आयोजना :– समुदायले कुनै चाड/पर्व तथा कुनै पनि कार्यक्रममा भाग लिइ सांस्कृतिक कार्यक्रम देखाउने र उक्त कार्यक्रमवाट जम्मा भएको रकम सरसफाइ कोषमा जम्मा गर्ने गर्दछन ।
♦ भ्रमण शुल्क/दान पेटिका :–सरसफाइको नमुना समुदाय वने पछि अनुगमन तथा अवलोकन भ्रमण गर्न आउने व्यक्ति/संस्थाहरु तथा निकायहरुवाट टिकट कटाई कोषको लागि रकम जम्म गर्ने साथै भ्रमणमा आएकाहरुले खुशी भइ प्रोत्साहन स्वरुप दान पेटिका केही रकम हाली दिएर पनि कोषको वृद्धि भएको तथा गरेका छन ।
♦सेवा शुल्क :–पूर्ण सरसफाइको नमूना समुदायमाअनुगमन तथा अवलोकन भ्रमण गर्न आउने व्यक्ति/संस्थाहरु तथा निकायहरुलाई खाजा/नास्ता तथा खानाको व्यवस्था गरि आएको रकम पनि कोषमा राखि कोष वृद्धि गर्ने गरेका छन । यसरि खाजा/नास्ता तथा खानाका व्यवस्था गर्दा कोषको रकम नै प्रयोग गर्ने गर्दछन ।
♦ प्रचार/प्रसार प्रयोजन :–सरसफाइको नमुना समुदाय अनुगमन तथा अवलोकन भ्रमण गर्न आउंदा नजिकको बजार, टे«र्डस, व्यवसायहरुको प्रचार–प्रसारको उद्देश्यले विभिन्न टे«र्डस, होटेल तथा व्यवसायीहरुले केही रकम उपलब्ध गराई नारा प्लेट, भितेलेखन गर्ने र सौजन्यमा व्यवसायीको नाम ठेगाना लेख्ने गरेका छन साथै वांकी रकम कोषमा जम्मा गरि कोष वढाउने गरेका छन ।
कोषको परिचालन
विभिन्न स्रोतहरुवाट जम्मा भएको कोषको रकम समुदायले पूर्ण सरसफाइ अभियानमा खर्च गर्नुका साथै अन्य आय–आर्जन तथा जिविका कार्यक्रममा र न्युनतम व्याजदरमा पनि सापटी दिई कोषको प्रयोग गर्ने गरेका छन ।
◊ सरसफाइ अभियान :–समुदायको दिगो सरसफाइका लागी समुदायमा वैठक वस्दाको खर्च, सरसफाइ अभियानका लागी चाहिने सामाग्री खर्च (जस्तै– वोरा, कुचो/झाडु, स्टिक, रजिस्टर आदि), सरसफाइ कोषकै रकमवाट व्यस्था हुने गर्दछ । त्यसैगरि समुदायको सरसफाइ स्रोत केन्द्र व्यवस्थापन तथा डेकुरेशनका लागी खर्च कोषवाटै हुने गर्दछ । यसैगरि समुदायलाइ अझ सुन्दर र आर्कशक वनाउनका लागी डेकोरेशन, रङ्ग/रोगन, सरसफाइ चोक निर्माणको लागी कोषको प्रयोग हुने गर्दछ ।
◊ सरसफाइ अभियानका लागी अति विपन्न वर्गलाई सहयोग :– समुदायलाई पूर्ण सरसफाइको दिगो वनाइ रहन लागी तथा समुदायका गरिव घरधुरीका लागि सरसफाइका सुचकहरु पुरा गर्नेक्रममासहयोग गर्दा समुदायले सरसफाइ कोषको प्रयोग गर्ने गरेका छन । फोहर मलाई वनाउन तथा चर्पी सुधार र अन्यक क्रियाकलापको लागी सहयोग गर्ने गरेका छन ।
◊ आय–आर्जन तथा जिविका कार्यक्रममा लगानी :–सरसफाइको विकास सँगै यस्को परिचालन तथा प्रयोगमा केही समुदायमा फरक ढङ्गले पनि प्रयोग गरिएको पनि देखिन्छ । समुदाय भित्रकै सदस्यले कुनै आय आर्जनको क्षेत्रमा पनि लगानी गर्नका लागि न्युनतम व्याजदरमा रकम उपलव्ध गराउने गर्दछन, जस्तो–माछापालन, वाख्रापालन, कुखुरापालन आदि ।
यसरी सरसफाइ कोषले समुदायमा एकता, सामुहिक कार्य हुने हुँदा सरसफाइको अवस्थालाई दिगो वनाउन मदत गरेको देखिन्छ र सरसफाइ अभियानमा सरसफाइ कोषको अति धेरै महत्व रहेको छ । सरसफाइ कोषले समुदायका हरेक सदस्यको सरसफाइ प्रति ध्यानार्षण गराएको छ ।


1908 पटक हेरिएको 

