फोहोर र धर्मको सम्बन्ध बारे आनी छोइङ डोल्माको मननीय भनाइ

हाम्रा वरिपरि फोहोर नभएको ठाउँ कही कतै बाँकी छैन । घरको आँगन सफा होला, तर घर पछाडिको खोल्सा फोहोरले भरिएको छ । हामी आफ्नो घर आँगन सफा गरेर फोहोर जत्ति नजिकैको खोला, खोल्सा वा नदीमा मिल्काईरहेका हुन्छौं । एकदम ठण्डा दिमागले सोच्ने हो भने हामी फोहोरको ओसारपसार मात्र गरिरहेका छौं । या भनौं आँगन सफा पारेर खोलालाई फोहोर बनाईरहेका छौं ।

घरको फोहोर किन खोला वा नदीमा थुपारेका भनेर कसैले सोधे ‘हामी नेपालीहरुको बानी नै यस्तै हो’ भन्ने जवाफ दिन्छौं । हामी मन्दिर जान्छौं, त्यो समयमा भने बाहिरी फोहोर पखालेर मुखमा पानी समेत नहाली जाने गर्छौं । मानिसले धर्म आर्जन गर्नुछ भने बाहिरी फोहोरलाई मात्र सफा गर्ने होइन, चित्त पनि सफा हुनुपर्छ । मठ मन्दिरलाई सिंगारपटार गरेर सफा बनाउने मात्र होइन, आफ्नो घरको फोहोर सफा गरेर अर्काको घरको कुलेसोमा पनि थुपार्नु हुँदैन । आनी छोइङ डोल्माले फोहोर र धर्मको सम्बन्ध बारे व्याख्या गर्नुभएको छ ।

हेरौं, आनी छोइङ डोल्माको फोहोर र धर्मको सम्बन्ध बारे मननीय भनाइ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार