दुई हप्ताभित्रै मेलम्चीको पानी सुन्दरीजलमा, वैशाखमा काठमाडौबासीको घरघरमा (भिडियो)

 2356 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव सुनिल कुमार दासले वैशाखको पहिलो हप्ता मेलम्चीको खानेपानी उपभोग गर्न सकिने अवस्थामा पुग्ने बताउनुभएको छ । मेलम्चीको खानेपानी वितरण समितिका संयोजक समेत रहेका सहसचिव दासले अबको पन्ध्र दिनमा मेलम्चीको पानी सुरुङमा हाल्ने, पन्ध्र दिन जत्ति होल्ड गरिने र प्रशोधन गर्ने लगायतको काम गरी वैशाखको पहिलो हप्ता उपयोग गर्न सकिने बताउनुभयो ।

वाटर ट्रिटमेन्ट प्लान्ट कसरी सञ्चालन गर्ने र वितरण सञ्जालबाट कसरी उपत्यकाबासीको घरघरको धारामा पानी वितरण गर्ने भन्ने नै हालको मुख्य चुनौती भएको उहाँले बताउनुभयो । ट्रिटमेन्ट प्लान्ट सञ्चालन भएपछिको तीन महिनासम्म ठेकेदार कम्पनीले नै सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि त्यसपछि सरकारले नै सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

मेलम्चीको खानेपानी वितरण गर्न केयूकेएल भन्दा अर्को विकल्प नभएको उहाँले बताउनुभयो । केयूकेएलसँग दक्ष जनशक्ति, व्यवस्थापकीय क्षमता र उच्च प्रविधिका उपकरण एवं लामो समयको अनुभव भएकाले पनि मेलम्चीको पानी वितरणको जिम्मा केयूकेएलकै भएको उहाँले बताउनुभयो ।

विस्तृतमा हेर्न यो भिडियो हेर्नुहोला


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार