भ्याली बोर्डका इडीको प्रश्न : चावहिल चोकमा ३० तला माथि पानी उठ्यो भने के हविगत होला ? (भिडियो)

 1620 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी काठमाडौमा ल्याएपछि यसले राजधानबासीको खानेपानीको समस्या समाधान होला । तर के यसले निम्त्याउने जोखिमबारे तपाई हामीले सोचेका छौं ?

मेलम्चीले दिने अवसर र सम्भावनाको बिषयमा जत्ति चर्चा हुने गरेको छ, यसको जोखिमको पाटोमा खासै बहस हुने गरेको छैन । तर काठमाडौमा भएको एउटा कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले यसको जोखिमको पाटोलाई उजागर गर्नुभयो । उहाँले मेलम्चीको पानी काठमाडौ ल्याउँदा हुने खतरा तथा जोखिमको अहिले नै विश्लेषण गरी यसको न्यूनीकरणको पनि पूर्वतयारी गर्नुपर्ने कुरा औल्याउनुभएको हो ।

उहाँको प्रश्न थियो ‘मेलम्चीबाट ल्याउने २२ करोड लिटर पानी चावहिलमा ३० तला माथि उठ्यो भने के होला ?’ उहाँले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउँदै भन्नुभयो ‘यसको न्यूनीकरणका लागि अहिले देखि नै ध्यान दिनुपर्छ । उहाँले खतरा मात्र देखाउनु भएन कि जोखिम न्यूनीकरणका उपाय पनि सुझाउनुभयो । राणा भन्नुहुन्छ ‘हामीले ठाउँ ठाउँमा सेन्सरहरु राख्नै पर्छ । यदि हामीले यस्तो गर्न सकेनौं भने ठूलो खतरामा पर्न सक्छौं ।’

विस्तृतमा हेरौं यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार