काठमाडौ : खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ सहित मेलम्ची खानेपानीसँग सम्बद्ध अन्य पदाधिकारी सोमबार मेलम्ची पुग्नुभयो र सुरुङमा पुनः पानी भर्न सुरुवात गर्नुभयो । खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरुवात गर्नुभयो ।
सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ। प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको र परीक्षण अवधि दुई महिनाको हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण पनि गरिसकेको छ। सुन्दरीजलको अडिट टनेलबाट बाहिर फाल्नुपर्ने पानीलाई समेत सिधै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसाउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर आयोजनाको उद्घाटन गरिहाल्ने खानेपानी मन्त्रालयको तयारी छ ।
मेलम्चीको पानी काठमाडौ ल्याउन भईरहेको प्रयास हेर्दा अब चाँडै मेलम्चीको पानी पिउन पाईने हो कि भन्ने आशा पलाउन थालेको छ, काठमाडौको बासिन्दामा । मेलम्चीको पानी सुन्दरीजलमा ल्याएपछि वितरणको तयारी कस्तो छ त ? काठमाडौ उपत्यकामा खानेपानी वितरण गरिरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कस्तो तयारी गरिरहेको छ ?
हेरौं केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यको यो भनाइ :


1273 पटक हेरिएको 

