दिसाजन्य लेदो व्यवस्थापनको काम किन प्राथमिकतामा पर्दैन ? : कानुन विज्ञ न्यौपाने

काठमाडौ : ‘‘शौचालय बनाउने काम जस्तो दिसाजन्य लेदो व्यवस्थापनको कामलाई खासै महत्व दिईने गरेको छैन । एक त सेफ्टिक ट्याङ्की बनाउँदा कहिल्यै नभरिने खालको, फेदबाट रसाएर जमिनले सोस्ने खालको बनाईन्छ । अर्को कुरा सेफ्टि ट्याङ्की नै भरिए पनि त्यसको खाली गरेपछि आफ्नो दायित्व पूरा भयो भन्ने सम्झिन्छन् र ट्याङ्करवालाले खाली गरेर लगेपछि जहाँ लगेपनि घरमूलीको चासो गर्दैनन् ।’

काठमाडौमा केही दिन अघि दिसाजन्य लेदो व्यवस्थापनको बिषयमा भएको कार्यक्रममा दिसाजन्य लेदो व्यवस्थापनको काम किन प्राथमिकतामा पर्दैन भन्ने बिषयमा व्यापक छलफल भयो । यसमा बिषयगत मन्त्रालय, विभाग, नागरिक समाज लगायतको पनि भूमिकाको खोजी गरियो ।

दिसाजन्य लेदो व्यवस्थापनको काम प्राथमिकतामा पर्न नसक्नुका कारण बारे खानेपानी तथा ढल व्यवस्थापन विभागकी कानुन विज्ञ प्रतिभा न्यौपाने यसो भन्नुहुन्छ ।

हेर्नुहोस् यो भिडियो : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार