खानेपानी वितरण शाखाहरुमा पुग्दा जब खानेपानीमन्त्री नै चकित भए (भिडियो रिपोर्ट)

काठमाडौ : मंगलबार मध्यान्ह १२ बजेतिर खानेपानीमन्त्री मणिचन्द्र थापा, खानेपानी सचिव माधव बेल्बासे, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य लगायत वानेश्वर शाखा पुग्नुभयो ।

मेलम्ची खानेपानी आएपछि उपत्यकाबासीलाई खानेपानी वितरण गर्न शाखा कार्यालयहरुको तयारी र खानेपानी संरचनाको अवस्थाबारे निरीक्षण गर्न खानेपानीमन्त्री थापा सहितको टोलीलाई वानेश्वर शाखाका प्रमुख ई. नारायण कर्णले मौजुदा संरचनाबाटै खानेपानी वितरण गर्ने योजना सुनाउनुभयो । मीनभवनमा निर्मित सर्भिस रिजर्भ्वायर ट्याङ्की (SRT) हेरे पछि मन्त्री थापा चकित हुनुभयो ।

विस्तृतमा हेरौं भिडियो रिपोर्ट :

 

कार्यालय प्रमुख कर्णले वानेश्वर शाखाले काठमाडौ महानगरपालिकाको वडा नं. ९, १०, २९, ३०, ३१ र ३२ मा गरी २८ हजार ५६० घरमा खानेपानी वितरण गर्दै आएको जानकारी गराउनुभयो । उहाँले सेवा क्षेत्रको नक्सा देखाउँदै मन्त्री थापाको टोलीलाई मेलम्ची खानेपानी आएपछि ती सबै वडामा दिनको ६ घण्टा पानी वितरण गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

मन्त्री थापाको टोलीले मंगलबार नै वानेश्वर शाखा सँगै महाँकालचौर शाखा र महाराजगञ्ज (बाँसबारी) शाखाको समेत निरीक्षण गरी सम्बन्धित शाखा कार्यालयहरुको तयारी, आईपर्न सक्ने चुनौती र मन्त्रालयले गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी लिएको थियो । अहिले मेलम्ची खानेपानीको सुरुङ परिक्षण भईरहेको छ । गत १० गते सोमबार मेलम्चीको पानी सुरुङमा पठाईएको थियो । पानी भर्न थालेको १५ देखि २० दिनमा २६ किलोमिटरको सुरुङ भरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार