स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै माइतीघरमा प्रदर्शन

🔗
105
Shares

काठमाडौ : स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ। संरक्षक समूह नेपालको अगुवाइमा प्याडमा लगाएको करको विरोधमा प्रदर्शन गरिएको हो।

प्रदर्शनका सहभागीहरुले महिलाको महिनावारी प्याडका लागि सरकार जिम्मेवार, महिनावारी कुनै भार होइन, महिलालाई प्रकृतिले दिएको, कण्डम रहर हो भने प्याड बाध्यता हो, महिला रोगबाट बच्न प्याडको भर, हुने छैन हामीलाई संक्रमणको डर जस्ता प्लेकार्ड बोकेका थिए । उनीहरुले नेपालमा प्याड निःशुल्क उपलब्ध गराउन समेत माग गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार